मालपोत कार्यालय, कलंकीले जारी गरेको पछिल्लो सूचना विवादित बनेको छ। कार्यालयले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र विध्वंशका क्रममा सम्पूर्ण कागजात जलेर नष्ट भएकाले सेवाग्राहीहरूलाई दर्ता श्रेस्ता पुनः तयार पार्न १० थरी प्रमाणसहित उपस्थित हुन सूचना जारी गरेसँगै कतिपयले जेनजी आन्दोलनका बहानामा कर्मचारीहरुले चलखेल गर्न खोजेको भन्दै टिप्पणी गरेका छन् ।
बिज्ञापन
सो मालपोत कार्यालयले एक सूचना जारी गर्दै कलंकी मालपोत कार्यालय अन्तर्गत जग्गा भएका सम्पूर्ण जग्गाधनीले आफ्नो जग्गाको नयाँ स्रेस्ता कायम गर्न भनेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कलंकीस्थित मालपोत र नापी कार्यालयमा आगजनी गरिएको कारण प्रमाण नष्ट भएसँगै अब त्यसलाई ‘रिस्टोर गर्ने’ प्रयोजनको लागि मालपोतले यस्तो सूचना जारी गरेको थियो ।
बिज्ञापन
सो कार्यालयले हिजो दैनिक सेवा प्रवाह बन्द रहेकोले सेवा प्रवाह पुनः सुचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित भई भूमि प्रशासन निर्देशिका २०८१ को दफा २१ अनुसार देहायको कागज प्रमाण सहित निवेदन पेस गर्न भनेको थियो ।
कार्यालयले नागरिकता प्रमाणपत्रको प्रतिलिपि,जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी र सम्बन्धित जग्गाधनी एकिन गर्ने स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँस सहितको सिफारिस, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गाप्राप्तीको श्रोतमा लिखितबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा,चालु आवको मालपोत बुझाएको रसिद,जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन,आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना,गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र र अन्य १० प्रकारको प्रमाणहरु पेश गर्न सूचना जारी गरेको छ ।
बिज्ञापन
यस्तै कार्यालयले जेनजी आन्दोलनका कारण भएको क्षतिले नयाँ स्रेस्ता कायम गर्नुपर्ने भए पनि शुल्क भने जग्गाधनीले नै तिर्नुपर्ने जनाएको छ ।
कार्यालयले यस्तो सूचना प्रकाशन गरेपछि सेवाग्राही असन्तृष्ट भएका छन् । डिजिटल नक्सा र रेकर्ड उपलब्ध हुँदा पनि सेवाग्राहीहरूलाई यसरी उपस्थित हुन निर्देशन दिएपछि स्थानीय असन्तुष्ट भएका छन्।
यसैबीच कास्की मालपोतले पनि कलंकीकै सिको गरेको छ । कास्की मालपोतका अनुसार २४ गतेको जेनजी आन्दोलनका क्रममा चार भागको एक भाग जलेर खरानी भएको छ । कार्यालय जल्दा केही स्थानका स्रेस्ता सुरक्षित रहेको भए पनि धेरै जलेर नष्ट भएका छन् । कार्यालयका अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ११, १२, १३, साविकका आर्वाविजय, हेम्जा, भलाम, काहुँखोला र मौजाका काजगपत्र सुरक्षित छन् । यी स्थानमा भएका घरजग्गाको विवारण बुझाउनु पर्देन भनेर अन्यको स्रेष्ता बुझाउनुपर्नेछ ।
स्रेस्ता जलेपछि कास्की मालपोत कार्यालयले भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार कागज प्रमाणसहित निवेदन दिन भनेको हो । स्रेस्ता कायम गर्न जग्गाधनी स्वयं उपस्थित हुनुपर्नेछ । नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गा प्राप्तिको स्रोतमा लिखतबाट प्राप्त भएकामा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकामा सोको प्रमाणितप्रतिका अलवा प्लट रजिस्ट्रर, फिल्डबुक, नक्सा, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, जग्गा रोक्का रहेकामा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकताअनुसार स्थलगत सर्जमिन, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र पनि ल्याउनुपर्ने सूचनामा उल्लेख गरेको छ ।