अनियमित भुक्तानीको दबाब नटेकेपछि लेखा अधिकृतमाथि कालोमोसो हमला

भौतिक पूर्वाधार विकास कार्यालय रौतहटमा कार्यरत लेखा अधिकृतमाथि सोमबार सार्वजनिक रूपमा कालोमोसो दलेर आक्रमण गरिएको छ। लामो समयदेखि कानुनविपरीत भुक्तानी गर्न दबाब दिँदै आएका बिक्की पाण्डे समूहले असन्तुष्ट हुँदै यस्तो कृत्य गरेको बताइएको छ।

बिज्ञापन

 

बिज्ञापन

प्रत्यक्षदर्शीहरूका अनुसार लेखा अधिकृत सुदीप गौतम एक होटलमा बसेका बेला पाण्डे समूहका केही व्यक्ति उनलाई भेट्ने भन्दै भित्र पसेका थिए। भेटघाटका नाममा पुगेका ती व्यक्तिहरूले होटलको क्याबिनमै अचानक कालोमोसो दलेका हुन्। सुरुमा शारीरिक आक्रमण गर्ने तयारीसमेत गरेको आशंका प्रत्यक्षदर्शीहरूले गरेका छन्।

 

बिज्ञापन

स्रोतका अनुसार भौतिक पूर्वाधार विकास कार्यालयबाट सेवाग्राहीका रूपमा संलग्न रहेका पाण्डे समूहले केही समयअघि कार्यालयसँग सम्बन्धित भुक्तानी प्रक्रियामा अनियमितता भएको दाबी गरेका थिए। उक्त प्रकरणमा एक तृतीय व्यक्तिले अधिकृत गौतमको नाममा रकम लिएर प्रक्रिया मिलाउने आश्वासन दिएको पनि खुलेको छ।

 

स्थानीयहरूले यस्तो घटना प्रशासनिक क्षेत्रमा बढ्दो दण्डहीनताको उदाहरण भएको बताउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदन चुनाव अगाडि नआउने

भ्रष्टाचार रोक्न सरकार चुक्दा अख्तियार मैदानमा उत्रिन्छ : राई

जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप्ने तयारी

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

तस्करीको गोदाम खुल्दा तस्कर रुन्चे मदन आक्रामक, सशस्त्र प्रहरीमाथि हमला

३ करोड ६३ लाख अकुतमा डामिएका सव इन्जिनियरको मुद्धामा साक्षी प्रमाण बुझ्ने आदेश

मालपानीको ‘दानापानी’ खाने भन्सारका कर्मचारी अख्तियारको राडारमा

मन्त्रिपरिषद् बैठक बस्दै,जाँचबुझ आयोगको म्याद थप्ने तयारी

बिशेष