७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई रमाना दिन संघीय मामिला मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई सात दिनभित्र अनिवार्य रूपमा रमाना दिन सबै सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले मिति २०८२ असोज २१ गते जारी गरेको ताकेता पत्रमा भनिएको छ— “स्थानीय तहमा खटाइएका केही कर्मचारी हालसम्म समेत हाजिर नभएकाले स्थानीय तहको नियमित कामकाज प्रभावित भएको र यसले प्रशासनिक कार्यसम्पादनमा गम्भीर असर पारेको” भन्ने गुनासो मन्त्रालयमा प्राप्त भइरहेको छ।

बिज्ञापन

शाखा अधिकृत भविन्द्र कार्कीको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ कि यसअघि पनि असोज ३१ गते पत्राचार गरी निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० बमोजिम तुरुन्तै रमाना दिन अनुरोध गरिएको थियो। तर, धेरै कर्मचारीले अझैसम्म पनि सम्बन्धित स्थानीय तहमा जिम्मेवारी सम्हालेका छैनन्।

बिज्ञापन

मन्त्रालयका अनुसार, हाजिर नहुँदा दैनिक प्रशासनिक कामकारबाही मात्र होइन, पछिल्ला प्राकृतिक विपत्तिका कारण सृजित अवस्थाको व्यवस्थापनमा समेत समस्या आइरहेको छ।

त्यसैले, मन्त्रालयले पुनः सात दिनभित्र सरुवा भएका वा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य रूपमा रमाना दिई पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

बिज्ञापन

मन्त्रालयको चेतावनी छ — तोकिएको समयमा रमाना नदिइए वा खटाइएका कर्मचारीले जिम्मेवारी सम्हालेनन् भने निजामती ऐनअनुसार आवश्यक कारबाही गरिनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

पूर्वमन्त्री खड्का पक्राउ,सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान हुने

सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थदेखि कर्मचारीको सम्पत्ति छानबिन हुने

४५ दिनभित्रै संघीय निजामती विद्येयक ल्याइने

दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको तयारी

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

बिशेष