१८ जना प्रहरीलाई साता दिनभित्र हाजिर हुन निर्देशन, नत्र बर्खास्त हुने

प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका १८ प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन आउन आग्रह गरेको छ ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न दर्जाका १८ जना प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र सम्पर्कमा आई गैरहाजिर हुनुको चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ। निर्धारित समयमा हाजिर नभए सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढ्ने चेतावनी पनि दिइएको छ।

बिज्ञापन

कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै ती प्रहरी कर्मचारीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको उल्लेख छ। प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ (२) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेपछि पनि उनीहरूले सम्पर्क नगरेको बताइएको छ।

 

बिज्ञापन

यसरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, सूचनामा भनिएको छ ।

तोकिएको मितिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्बन्धको मौनता

प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

‘स्वस्थ जीवन’: होमियोप्याथी बुझ्न चाहनेका लागि उपयुक्त पुस्तक

सरकारले फिर्ता लियो सामाजिक सञ्जालसम्बन्धी विधेयक

कम्युटर अपरेटर,लेखा- प्रशासन प्रमुखदेखि मेसुविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष