अख्तियारका प्रमुख आयुक्तलाई हटाउने तयारी,जेनजीले माग्यो प्रेम राईसहित आयुक्तहरुको राजीनामा

जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ ।

बिज्ञापन

१२ वटा जेन–जी समूह मिलेर बनेको ‘जेन जी मुभमेन्ट अलायन्स’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई पद छाड्न इमेलमार्फत् पत्र पठाउँदै तत्काल राजीनामा दिन लिखित आग्रह गरेको हो ।

बिज्ञापन

राजीनामा नआए भोलि १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराएर थप आन्दोलनका कार्यक्रमहरू गर्ने एलायन्सको चेतावनी छ । अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै प्रमुख आयुक्त प्रेमकुमार राईसहित अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले संसदीय सुनुवाइविनै ‘निरङ्कुश ढङ्गले’ गरेको आरोप अलायन्सले लगाएको छ ।‘

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’

बिज्ञापन

अख्तियार प्रमुख राई लगायतका आयुक्तहरुलाई पठाइएको पत्रमा लेखिएको छ, तपाईंलगायत अरु सम्पूर्ण आयुक्तको नियुक्ति संसदीय सुनुवाईबिना नै पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेशमार्फत् निरकुंश ढंगले भएको छ, यसले तपाईको निष्पक्षतामा ठूलो प्रश्न उठाउँछ ।’

अख्तियारका प्रमुख प्रेम राईको नाम नै वाइडबडी घोटालालगायत प्रकरणमा जोडिएको उल्लेख गर्दै समूहले भनेको छ यी घटनाहरूमा प्रत्यक्ष वा नियामक हैसियतमा संलग्न रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ । अत तत्काल राजीनामा दिनु नै अख्तियारको गरिमा र विश्वास पुन स्थापना गर्ने बाटो हो ।’

जेनजी मुभमेन्ट अलायन्सले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरेको राजीनामा माग पूरा नभए भोलि असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे अन्य कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

पूर्वमन्त्री खड्का पक्राउ,सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान हुने

सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थदेखि कर्मचारीको सम्पत्ति छानबिन हुने

४५ दिनभित्रै संघीय निजामती विद्येयक ल्याइने

दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको तयारी

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

बिशेष