नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।
बिज्ञापन
अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा र कार्य विभागका एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ।
बिज्ञापन
यसअघि जेन–जी प्रदर्शनपछि मानवस्रोत विकास विभागका तत्कालीन एआईजी दानबहादुर कार्कीलाई गत २४ भदौंमा उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो । सो स्थानमा अधिकारीलाई खटाइएको छ ।
यस्तै कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
बिज्ञापन
केही दिनअघि बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।