दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

कर्मचारीतन्त्रलाई दलगत प्रभावमा पार्दै योग्यता र क्षमताभन्दा नजिकको सम्बन्ध र राजनीतिक आस्थालाई प्राथमिकता दिने प्रवृत्ति फेरि एकपटक सतहमा आएको छ । बझाङ जिल्लाको जनस्वास्थ्य कार्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत लालबहादुर धामी लाई हटाई युनियन निकट कर्मचारीलाई कार्यालय प्रमुख बनाइदिन सिफारिस गरिएको पत्र सार्वजनिक भएपछि चर्को आलोचना भएको छ ।

बिज्ञापन

नेपाल निजामती कर्मचारी युनियन, बझाङ शाखाले सामाजिक विकास मन्त्रालय, धनगढीलाई पठाएको पत्रमा धामीले “फरक विचार र आस्थाका आधारमा अन्य कर्मचारीलाई विना कारण दुख दिने र पक्षपातपूर्ण कार्य गर्दै आएको” आरोप लगाइएको छ । उक्त पत्रमा मन्त्रालयसँग धामीलाई अन्य जिल्लामा सरुवा गरी सोही कार्यालयमा कार्यरत बरिष्ठ खोप अधिकृत (सातौँ तह) भानुभक्त जोशी लाई कार्यालय प्रमुखको जिम्मेवारी दिन सिफारिस गरिएको छ ।

बिज्ञापन

तर सरकारी स्रोतहरूका अनुसार धामी लोकसेवा आयोगमार्फत प्रतिस्पर्धात्मक परीक्षा दिएर प्रवेश पाएका दक्ष अधिकृत हुन् र राष्ट्रपतिबाट सम्मानितसमेत भइसकेका छन् । त्यसैले युनियनको सिफारिसलाई मेरिटोक्रेसीमाथिको सीधा प्रहार र राजनीतिक हस्तक्षेपको नाङ्गो उदाहरण का रूपमा लिइएको छ ।

एक वरिष्ठ कर्मचारीले नाम नखुलाउने सर्तमा भने,

बिज्ञापन

“दल–निकट कर्मचारी संगठनहरूले कर्मचारीतन्त्रलाई कमजोर बनाएका छन् । योग्यता होइन, पार्टी–सिफारिस र युनियनको दबाबले पदस्थापन हुने अवस्था खतरनाक बन्दै गएको छ।”

स्थानीय कर्मचारीहरू पनि यस्ता सिफारिसहरूबाट असन्तुष्ट छन् । उनीहरूका अनुसार कुनै पनि सार्वजनिक निकायमा राजनीतिक आस्था होइन, कार्यक्षमता र इमानदारी पदस्थापनको मापदण्ड हुनुपर्ने हो ।

सामाजिक विकास मन्त्रालयका स्रोतले भने उक्त सिफारिस पत्र मन्त्रालयमा दर्ता भएको र अहिले अध्ययन प्रक्रियामा रहेको जानकारी दिएको छ ।

विश्लेषकहरूले भने, दलगत कर्मचारी संगठनहरू खारेज नगरेसम्म कर्मचारी प्रशासन राजनीतिक रंगमै फसिरहने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

पूर्वमन्त्री खड्का पक्राउ,सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान हुने

सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थदेखि कर्मचारीको सम्पत्ति छानबिन हुने

४५ दिनभित्रै संघीय निजामती विद्येयक ल्याइने

दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको तयारी

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

बिशेष