सात बर्ष पछि पूरानै मन्त्रालयमा फर्काइयो तीन विभाग

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ । र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत फर्काइएको छ ।

बिज्ञापन

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सात बर्ष अगाडि राष्ट्रिय अनुसन्धान विभागलाई गृह र सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत लगिएको थियो । तर सात बर्ष पछि बनेको अन्तरिम सरकारले पूरानै ठाउँमा फर्काएको हो ।

बिज्ञापन

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रालयमातहत नै ल्याउने निर्णय गरेको हो । विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफूमातहत ल्याएका थिए । गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटा सुरक्षा अंग रहेकोमा विभाग चाहिँ प्रधानमन्त्री कार्यालय मातहत गएपछि सुरक्षा समन्वयमा ठूलो कमजोरी रहँदै आएको थियो । २३ र ३४ भदौको आन्दोलनका क्रममा पनि त्यो स्पष्ट रुपमा देएिको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

अख्तियार विकासको सबैभन्दा ठूलो अवरोध बन्यो:- पूर्वसचिव उपाध्याय

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

बिशेष