कर्मचारीको सेवा सुविधा कटौती गर्ने सचिवको सरुवा,अध्यक्षको गाडीको चाबी खोसियो

आफ्नो सेवा सुविधा कटौती भएपछि आन्दोलित भएका कर्मचारीहरुले वोर्ड अध्यक्षको गाडीको चाबी नै खोसेका छन् । अघिल्लो महिनाको अन्तिम साता सचिवस्तरीय निर्णयबाट धितोपत्र बोर्डका कर्मचारीहरुको सेवा सुविधा कटौती गरिएको थियो । सो निर्णयसँगै आन्दोलित भएका कर्मचारीहरुले आज त्यहाँका अध्यक्ष सहित उच्च पदस्थ अधिकारीहरुको गाडीको चाबी खोसेका हुन ।

बिज्ञापन

अर्थ मन्त्रालयले गरेको सेवासुविधा कटौतीको निर्णयविरुद्ध नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आन्दोलित भएका कर्मचारीहरुले अध्यक्ष लगायतका पदाधिकारीहरुको गाडीको चाबी खोसेका हुन ।

बिज्ञापन

गत ३१ भदौमा राजस्व सचिवस्तरीय निर्णय गर्दै बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त सम्बन्धी नियमावली, २०६८ विपरित रहेको भन्दै तत्काल खारेज गर्नै निर्देशन दिइएको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त सम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र वोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिइएको थियो ।

सचिवस्तरीय निर्णयबाट बोर्डका कर्मचारीले खाइपाई आएको सुविधा र कर्जा सुविधा कटौती गर्ने निर्देशन दिएसँगै सो विरुद्ध कर्मचारीहरु आन्दोलित भएका हुन ।यसरी कर्मचारीको सेवा सुविधा र कर्जा सुविधा कटौती गर्ने निर्णय गरेका सचिव साता दिन पछि सरुवा भइसकेका छन् । अर्थमन्त्री रामेश्वर खनालले सचिव घिमिरेको सरुवा गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुर्याएका छन् ।

बिज्ञापन

बोर्डका कर्मचारीहरु भने उक्त निर्णय नसच्चिएसम्म काममा नफर्किने भन्दै तालाबन्दी र बोर्डमा नाराबाजी गरिरहेका छन् । उनीहरुले विगतमा मन्त्रिस्तरीय निर्णयबाट कार्यान्वनयमा आएको दुबै कार्यविधि सचिवस्तरी निर्णयबाट खारेज हुन नसक्ने भन्दै नेपाल सरकारको निर्णयबाट मात्रै खारेज हुनसक्ने दावी गरेका छन् ।

सो निर्णयका विरुद्धमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध कर्मचारीहरुले नाराबाजी गरेका छन् । खुमलटास्थित बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठविरुद्ध कर्मचारीले धर्नासहित विरोध गरिरहेका छन् । आन्दोलनमा उत्रिएका दल निकट कर्मचारीहरुले निर्णय सच्याउन वा राजीनामा दिन माग गरेका छन् । कर्मचारीले उच्च अधिकारीहरुको गाडी चाबी खोसेर राखेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काप्री र चटौत सचिवमा बढुवा

अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

जनताको फाइल खरानी, डीजी रेग्मीको ध्यान भने कमिसनको धन्दामै

सात बर्ष पछि पूरानै मन्त्रालयमा फर्काइयो तीन विभाग

अष्टमी,नवमी र दशमीमा उत्तरगया गाउँबासीलाई पालिकाको निशुल्क बस सेवा

‘१५ प्रतिशत खराबको छायाँमा ८५ प्रतिशत इमान्दार कर्मचारी’

कर्मचारीको सेवा सुविधा कटौती गर्ने सचिवको सरुवा,अध्यक्षको गाडीको चाबी खोसियो

ओली सरकारले नियुक्ति गरेका ३१६ कार्यकर्ताको जागिर गयो,मासिक ६ करोड बचत

बिशेष