सार्वजनिक सम्पत्ति पुनर्निर्माणका लागी तीन मन्त्री,दुई सचिव सम्मिलित समिति गठन,अध्यक्ष तोकिए अर्थमन्त्री

सरकारले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त सरकारी सम्पत्ति पुनर्निर्माणका लागि समिति गठन गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षमतामा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

बिज्ञापन

भौतिक पूर्वाधार पुनर्निर्माण समितिको अध्यक्षमा अध्यक्षमा रामेश्वर खनाल र सदस्यहरुमा गृहमन्त्री ओम प्रकाश अर्याल,शहरी मन्त्री कुलमान घिसिङसहित तीन मन्त्री र दुई सचिव रहेका छन् । समितिका अर्काे सदस्यको जिम्मेवारी मुख्य सचिव एकनारायण अर्याललाई तोकिएको छ भने सदस्य सचिवको जिम्मेवारी  सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल तोकिएको छ ।

बिज्ञापन

समितिले जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण कार्यान्वयन कार्ययोजना निर्माण र स्वीकृत गर्ने छ । कोषबाट खर्च हुने रकम सहित कार्यक्रम स्वीकृत गर्ने तथा आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धित निकायको जिम्मेवारी तोक्ने काम समेत समितिले गर्ने छ ।

सरकारले आर्थिक स्रोत जुटाउनका लागि कोष समेत खडा गरेको छ । कोषमा रकम जम्मा गर्न स्रोत पहिचान र परिचालन समेतको काम पनि समितिले गर्ने आदेशमा उल्लेख छ । कोषको रकमबाट सञ्चालित कार्यक्रमको नियमित अनुगमन र सुपरीवेक्षण गर्ने, गराउने तथा कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत निर्णय गर्ने काम समितिको तोकिएको छ ।

बिज्ञापन

कोषमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले प्रदान गरेको रकम जम्मा हुनेछ । त्यसैगरी विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संघसंस्था वा दातृ निकायबाट प्राप्त नगद वा वस्तुगत सहायता वा कार्यक्रम बापत प्राप्त रकम पनि सोही कोषमा जाने आदेशमा उल्लेख छ ।

समितिले कुनै रकम प्राप्त गर्नुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने छ । कोषको खाता सञ्चालन समिति सदस्यसचिव र सहरी विकास मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बिशेष