अतिरिक्त सचिवबाट संगीताले दिएको राजीनामा स्वीकृत,स्वास्थ्य मन्त्री पक्का,अरु को बन्दैछन् मन्त्री ?

अतिरिक्त सचिवबाट राजीनामा दिएकी संगीता कौशल मिश्र अन्तरिम सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्ने भएकी छिन् । काँग्रेस एमाले सरकारले अन्याय गरेको भन्दै झण्डै सात महिनादेखि विदा बसिरहेकी डा संगीता कौशल मिश्र अन्तरिम सरकार बनेसँगै मन्त्रालयमा हाजिर भएकी थिइन,गत बिहिबार। उनी झण्डै सात महिना पछि हिजो मन्त्रालयमा हाजिर भएकी छन् । गत फागुन २१ गते विकास देवकोटालाई सचिवमा बढुवा गरेसँगै पहिलो चरणमा ७ दिन,दोश्रो २,तेश्रो ४,चौथौं पटक ६ दिन,पाँचौं पटक १५ दिन विदा स्वीकृत गराएकोमा छैटौंमा ३० दिन र सातौं र आठौं पटक गरी ३८ र ३५ दिनको सञ्चित विदा स्वीकृत गराएकी उनको विदा १० साउनबाट सकिएको थियो । त्यस यताको ५३ दिनपछि उनी बिहिबारदेखि मन्त्रालयमा हाजिर भएकी उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी हुन । डा मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत भइसकेको जनाइएको छ ।

बिज्ञापन

भारत झारखण्डस्थित जन्मेर हुर्केकी र प्रारम्भिकदेखि एमबिबिएससम्मको शिक्षा उतै हासिल गरेकी हुन । एमबीबीएसको अध्ययन पुरा गरेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरको रुपमा मे २०५७ सालबाट काम शुरु गरेकी संगीता यस पछि कान्ति बाल अस्पताल हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन् २००५ मा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा आफ्नो स्नात्तकोत्तर तह (एमडी) को अध्ययन पुरा गरी नोवल मेडिकल कलेजमा लेक्चरर हुँदै एमपीएच पुरा गरेपछि कोशी अञ्चल अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा कार्यरत रहेकी उनी सोही समयमा ११ औं तहमा बढुवा भएकी थिइन ।

बिज्ञापन

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हुँदै स्वास्थ्य मन्त्रालयमा सरुवा भएकी मिश्र ०७० असोज १० गतेबाट सेवा प्रवेश गरेर डकुमेन्ट ‘किर्ते’ गरेर बढुवा भएको आरोप उनका केही सहकर्मीहरुले लगाउँदै आएका छन् । यही कारण उनलाई ओली सरकारले बढुवाबाट बञ्चित गरेको एकाथरी स्वास्थ्यका अधिकारीको तर्क सुनिन्छ । सर्वाेच्चमा मुद्धा विचराधिन रहेको अवस्थामा मिश्रलाई मन्त्री बनाउन लागिएको हो । जसरी ओली सरकारको समयमा अन्यायमा परेर हटाइएका कुलमान घिसिङ अन्तरिम सरकारका मन्त्री छन्,उसैगरी संगीतालाई स्वास्थ्य मन्त्री बनाउन लागिएको हो ।

प्रधानमन्त्री कार्कीले मन्त्री छान्नका लागि गृहमन्त्री समेत रहेका ओमप्रकाश अर्याललाई अगाडि सारेकी छिन् । अर्यालको समूहले उद्योग मन्त्रीको रुपमा पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी, शिक्षा मन्त्रीमा महावीर पुन, स्वास्थ्यमन्त्री संगीता मिश्र, सञ्चारमन्त्रीका रुपमा जगदीश खरेल, पर्यटनमा गणपतिलाल श्रेष्ठ, रक्षा बम लगायतको विषयमा छलफल गरिरहेको प्रधानमन्त्री सुशीला कार्की निकट स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष