डाक्टर कोइराला र रुइतद्धारा रिजेक्ट,पुन शिक्षा मन्त्री बन्न तयार

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको १० दिन बितेको छ । तर उनले मन्त्रिमण्डललाई अझै पूर्णता दिन सकिरहेकी छैनन् । मन्त्रिपरिषद् विस्तारका लागि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालको सक्रियताका विभिन्न पात्रहरु खोजिनेक्रम जारी छ । गत २६ भदौमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि मन्त्रीहरूको खोजी जारी छ । हालसम्म गृह र कानुन मन्त्रीको जिम्मेवारीमा ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ९शहरी र भौतिक पूर्वाधार समेत० कुलमान घिसिङ र अर्थमन्त्रीमा रामेश्वर खनाल सोमबार नियुक्त भएका छन् ।

बिज्ञापन

बिज्ञापन

११ सदस्यीय मन्त्रीमण्डल बनाउने भनिए पनि अहिलेसम्म तीन मन्त्री नियुक्त भएका छन् । प्रस्ताव गरिएकामध्ये धेरैले रिजेक्ट गरेका छन् । डा. भगवान कोइराला र सन्दुक रुइतले स्वास्थ्यमन्त्री बन्न अस्वीकार गरेका छन् । प्रधानमन्त्रीमा दाबी गर्न काठमाडौं आएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई खानेपानी र भौतिक पूर्वाधार तगा यातायात मन्त्रालय दिने भने पनि उनले अस्वीकार गरेको बताउँदै आएका छन् ।
राजनीतिक दलहरुसँग प्रत्यक्ष सम्बन्ध नभएको,समाजमा प्रतिष्ठा कमाएका व्यक्तिलाई मन्त्री बनाउने भनिए त्यस्तो व्यक्तित्वमध्ये धेरैले मन्त्री बन्न आनाकानी गरिरहेको समयमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने भएका हुन ।

सरकारको तर्फबाट गएको प्रस्ताव उनले स्वीकार गरेको जनाइएको छ । पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो।

बिज्ञापन

यता होटल व्यवसायी संघ हानका अध्यक्ष विनायक शाहदेखि पाइलट विजय लामालाई समेत पर्यटन मन्त्रीको रुपमा चर्चा गरिएको छ । पूर्वसचिव किशोर थापाको नाम शहरी विकासमन्त्रीका लागि चर्चामा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जिम्मेवारीबाट भाग्ने हाकिम बुढा, न्याय खोज्दै जनता

सरुवा भएको दुई महिना बित्दा समेत चिकित्सकले बुझेनन् रमाना

गगनले दिए काँग्रेस सभापतिबाट राजीनामा

संशोधनको प्रक्रियामा भवन ऐन : मापदण्डविपरित कार्य गरे १० गुणा बढी जरिवानाको प्रस्ताव

रसुवा भन्सारमा ‘दररेटको साम्राज्य’: राजस्व रित्तिँदै, कर्मचारी मालामाल

मन्त्रिपरिषद्को बैठकको निर्णय : प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

भौतिक मन्त्री बन्न ‘त्रिपक्षीय भिडन्त’

निजामती कर्मचारीको बढुवामा अत्याधिक जाम,सुव्वाबाट अधिकृत हुन १८ बर्ष

बिशेष