संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको झण्डै महिना दिनसम्म पनि उपसचिव र शाखा अधिकृतहरु सम्बन्धित स्थानीय तहमा नपुगेको भन्दै उनीहरुलाई तत्काल रमाना दिन पत्राचार गरेको छ । यसरी रमाना पत्र हातमा लिएर स्थानीय तहमा जान ठीक परेका उपसचिव भने स्थानीय तहका कावा मेयरका पत्रका कारण सिंहदरबारमै रोकिन विवश भएका छन् ।
बिज्ञापन
स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका उपसचिव अनुभवविहिन भएको कारण देखाउँदै उनलाई हाजिर गराउन नसक्ने भन्दै मन्त्रालयलाई पत्राचार गरेको हो । मन्त्रालयलाई पठाइएको पत्रमा उपसचिवसँग स्थानीय तहको अनुभव नभएको भन्दै उनलाई अन्यन्त्र व्यवस्थापन गरि अर्काे अनुभवी प्रशासकीय अधिकृत खटाउन वा हाल कार्यरत प्रमुख प्रशसकीयलाई नचलाउन पत्र पठाइएको भेटिएको छ ।
बिज्ञापन
मन्त्रालयले गत भदौं २ गते उपसचिव तहका २५ जना कर्मचारीहरुको सरुवा गरेको थियो । सरुवा सूचीको २४ औं नम्बरमा छ,शेरबहादुर भण्डारीको नाम । कर्मचारी संकेत नम्बर १४३१२२ रहेको भण्डारी लामो समय नापीमा बसेर काम गरेका कर्मचारी हुन । उनका तिनै दाजु भाइ नापीका रैथानेका रुपमा परिचित छन् । शेरबहादुर ५२ सालमा निजामती सेवामा पाइला राखेका कर्मचारी हुन । उपसचिवमा बढूवा भए यता मालपोत कार्यालय छाडेर बाहिर जानु परेको थिएन । तिनै भण्डारीलाई शम्भुनाथ नगरपालिका सप्तरीमा खटाइएकोमा हाजिर गराउन नसकिने जनाएको छ ।
सो पालिकाको कावा नगर प्रमुख अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई हालै खटाइएको प्रमुख प्रशासकीय अधिकारी स्थानीय तहको अनुभवविहन भन्दै उनलाई अन्यत्र व्यवस्थापन गर्न भन्दै पत्राचार गरेको भेटिएको छ ।
बिज्ञापन
सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कारण त्यहाँ उपमेयर अनितादेवी कावा मेयरको जिम्मेवारीमा छिन् । विशेष अदालतले नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै ६ महिना कैद सजाय र ७० हजार रुपैयाँ जरिवानासमेत हुने भएको छ। १७ फागुन ०७९ मा अख्तियारले नगरप्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहलाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । यी दुवैले मिलेमतोमा सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारले रंगेहात समाएको थियो ।
मेयर भ्रष्टाचारी ठहर भएर निलिम्बित भएसँगै कावा मेयरको जिम्मेवारीमा रहेकी अनिताले हाल मुलुकमा प्रतिनिधि सभाको निर्वाचनको मिति तय भईसकेको र हामी स्थानीय तहको जनप्रतिनिधिहरुको पनि अर्को आर्थिक वर्षमा निर्वाचन हुने पक्का रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षको विनियोजित बजेट कुशलतापुर्वक प्रभावकारी कार्यान्वयन गर्न अति महत्वपूर्ण रहेका कारण मन्त्रालयले भदौं २ गते प्रमुख प्रशासकीय अधिकृत शेर बहादर भण्डारी हालसम्म कुनै पनि स्थानीय तहको कार्य गरेको अनुभव नरहेको उल्लेख गर्दै उनलाई अन्यन्त्र व्यवस्थापन गर्दै दरबन्दी अनुसार अन्य स्थानीय तहमा अनुभव हासिल भएका वा हाल कार्यरत हरिमोहन सुतिहारलाई नै निरन्तरता दिन भन्दै मन्त्रालयलाई पत्राचार गरिएको हो । सुतिहार ६ महिना अगाडिमात्र सुनसरीबाट सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् ।