अर्थ सचिवलाई फेर्नु पर्ने भन्दै नवनियुक्त मन्त्रीकै अगाडि एक पूर्व शिक्षकले मन्त्रालयमा देखाएको व्यवहारले चर्चा पाहिरहदा ७० जना भन्दा बढीको ज्यान जाने गरि भएको प्रदर्शनमा गृह सचिवको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ ।
रमेश लेखकले रोजेर लगेका सचिव हुन, गोकर्णमणि दुवाडी । उनकै कमजोर कमाण्ड र कर्मचारी खटन पटनमा देखिएको लापरवाहीको परिणाम मान्ने गरिएको छ जेनजीको आन्दोलनको क्रममा घटेको मानवीय र भौतिक क्षतिको घटनालाई ।
बिज्ञापन
२० दिन अगाडिमात्र गृह मन्त्रालयले छवि रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको थियो । गृह प्रशासनमा उनीभन्दा काविल र योग्य एकसे एक अधिकारीहरु हुँदा हुँदै छवि रिजाललाई काठमाडौं,सहकारी प्रकरणमा जोडिएका रवि लामिछानेको पार्टनर जीवि राईलाई भगाउने नमराज घिमिरेलाई भक्तपुर र सुमन घिमिरेलाई ललितपुर खटाइएको थियो । गृहका काविल अफिसरहरुलाई दुर्गम र पहाड जिल्लातिर लखेटेर राजनीतिक आस्थाका आधारमा प्रमुख जिल्ला अधिकारी खटाउँदा यस अघि जेठ १५ को आन्दोलनको क्रममा समेत दुर्गा प्रसाईहरु अगाडि बढ्दा पत्रकारलाई जिउदै आगो लगाइएको थियो । त्यस बेलाका प्रमुख जिल्ला अधिकारी ऋृषिराम तिवारीकै कारण सो दुर्घटना भएको थियो । घरमा आगो लागिरहेको छ भनेर सिडियोलाई पटक पटक फोन सम्पर्क गर्दा समेत उनले फोन उठाएनन् र अनाहकमा ज्यान गयो ।
अहिले उस्तै घटना घटेको छ । यस्को पछाडि प्रमुख जिल्ला अधिकारी छवि रिजालकै सबैभन्दा ठूलो भूमिका रहेको सुरक्षा क्षेत्रका जानकारहरु बताउँछन् । उनले प्रहरीलाई संयमित बन्न आदेश दिएको भए न त अनाहकमा ७० जनाको ज्यान जान्थ्यो । अनाहकमा स्कूले विद्यार्थी नमारिएको भए सरकारी संरचना,नेताका घरहरु यसरी जल्ने थिएनन् ।
उसो त गृहको खटन पटन उसैगरी गरिएको देखिन्छ । जस्तो गृहले कानुनविपरीत गणेश अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएको छ । ‘क’ वर्गको पर्सा जिल्लाको सिडिओबाट गृह मन्त्रालय आएको दुई हप्ता नहुँदै उनलाई ‘क’ वर्ग कै चितवनको सिडिओ बनाएर पठाइएको छ । जबकी प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ मा ‘क’ वर्ग जिल्लामा बसेको सिडिओलाई ‘क’ वर्ग कै जिल्लामा नखटाउने उल्लेख छ। तर, ‘क’ वर्गको जिल्ला पर्सामा ९ महिना बढी सिडिओ भएर बसेका अर्याललाई ‘क’ वर्गमै पर्ने चितवनको सिडिओ बनाएर खटाउन मिल्दैन । उनी यस अघि पर्सामा हुँदा क्यासिनोदेखि चिकित्सकहरूसँग समेत लफडा गरेर विवादित बनेका कर्मचारी हुन । यस्का अलवा केही शक्तिशाली सहसचिवलाई क जिल्लाबाट क जिल्लामै घुम्ने अवसर पाएका छन् । कार्यविधिले त्यसलाई बर्जित गरेको छ । अर्थात ‘क’वर्गका जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई तत्काल ‘क’ वर्गको अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइने छैन’ भनिएको छ । तर सहसचिवहरु गणेश अर्याल, यस्ता पावरफूल कर्मचारीहरु हुन,उनीहरुको हकमा कार्यविधि लागू भएन । अर्याल रुपन्देहीबाट पर्सा, मिश्र कैलालीबाट सुनसरी र यादव चितवनबाट मोरङमा सरुवा पाएका छन् । यस्तै लेख्नका लागि त कार्यविधिमा सहसचिव बढुवा हुने वित्तिकै कर्मचारीलाई ‘क’वर्गको जिल्लामा नपठाइने भनिएको छ तर कागजीमात्र ।
बिज्ञापन
यता बाबुराम गौतम भोजपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा हाजिर नभइ शिवलाल तिवारीलाई भोजपुर सिडिओ खटाइएको थियो भने डेढ महिनामै विना कारण सुरेश पन्थीलाई फिर्ता बोलाइएको थियो ।
सिनियर सहसचिवलाई पहाड,हिमालतिर,भर्खरै बढूवा भएकालाई तराई र कमाउ जिल्लामा पोष्टिङ्ग हुँदा पनि कतिपय जिल्लाका भौतिक र मानवीय क्षति हुन पुगेको सुरक्षा क्षेत्रका जानकारहरुले टिप्पणी गरेका छन् । तिर्थराज भट्टराई भट्टराईले आँखा लगाएको कास्कीमा रुद्रादेवी शर्मालाई खटाइएको छ,बर्दियाबाट । बर्ष दिन नपुग्दै कास्कीबाट भरतमणि पाण्डेलाई मन्त्रालयमा फिर्ता बोलाइएको थियो । यस अघि नवलपरासीको प्रमुख जिल्ला अधिकारी हुँदा डलरे अर्वपति विनोद चौधरीका कारण लखेटिएका अरुण पोखरेललाई पेलेर पाँचथरतिर पु¥याइएका छ । यसरी सिनियर सहसचिवहरु पेलानमा परेर पहाड,हिमाली जिल्लातिर लखेटिँदा मन्त्रीका दाहिना हात,सचिवालयमा नगद व्यवस्थापन गर्ने जुनियरहरुलाई तराई र सुगम जिल्लामा खटाइएको छ ।यसरी सिडियोको खटन पटनमा जेष्ठता,योग्यता,क्षमता होइन कि राजनीतिक आस्थाका आधारमा खटन पटन गरिँदा अहिलेको परिस्थिति निम्तन पुगेको यस अघि गृह प्रशासनको कमाण्ड गरेर अवकाशमा गएका केही पूर्व प्रशासकहरुले टिप्पणी गरेका छन् ।