निर्वाचन र पुनर्निर्माण खर्च जुटाउन अर्थ मन्त्रालयको कार्यदल

काठमाडौं । जेनजी आन्दोलनमा ध्वस्त भएका संरचना पुनर्निर्माण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ ।

बिज्ञापन

तीन सदस्यीय कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री सहभागी छन् । कार्यदललाई चालु बजेटभित्रकै प्राथमिकता फेरबदल गर्दै स्रोत जुटाउने सम्भावनाको अध्ययन गर्ने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

बिज्ञापन

“चुनाव र पुनर्निर्माण दुवैका लागि ठूलो रकम आवश्यक पर्छ । नयाँ पूरक बजेट ल्याउनेभन्दा पनि हालकै बजेटभित्र टुक्रा–टुक्रा आयोजना कटौती गरेर स्रोत जुटाउने तयारी गरिएको छ,” पाण्डेयले बताए ।

भदौ ३० गते कार्यभार सम्हालेका नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पनि यसअघि बजेटमा राजनीतिक दबाबका कारण परेका, पूर्वतयारी नसकिएका र टुक्रे कार्यक्रम हटाइने स्पष्ट संकेत दिएका थिए ।

बिज्ञापन

उनका अनुसार सरकारले पूरक बजेट ल्याउने योजना छैन । बरु, चालु बजेटमै रहेका कम प्राथमिकताका योजना कटौती गरी करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत निर्वाचन र पुनर्निर्माणमा परिचालन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष