चाडपर्व लक्षित १५३ सहुलियत पसल सञ्चालन, आपूर्ति सहज बनाउन मन्त्रालयको प्रतिवद्धता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार निजी क्षेत्रका छाता संगठनहरू—उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग परिसंघ (CNI), नेपाल च्याम्बर अफ कमर्श (NCC), महिला उद्यमी महासंघ नेपाल (FWEAN) र नेपाल घरेलु तथा साना उद्योग महासंघ (FNCSI) का पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

छलफलमा हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिले उद्योग, वाणिज्य, व्यापार र आपूर्ति क्षेत्रमा पारेको असरका साथै नजिकिँदै गरेका चाडपर्वका अवसरमा आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विस्तृत बहस भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन्।

 

बिज्ञापन

बैठकमा घटनाका क्रममा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारी संरचना र निजी व्यावसायिक संस्थाहरूमा भएको आगजनी, तोडफोड तथा क्षतिको एकीकृत विवरण तयार गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्स्थापना गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयले असहज परिस्थिति विस्तारै सहज बन्दै गएको, सीमा नाकामा भन्सार कार्यालय सञ्चालन भई देशभर ढुवानी प्रणाली सामान्य बनेको र आपूर्ति श्रृङ्खला सुचारू हुँदै गएको जानकारी गराएको छ।

 

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजैदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनमार्फत देशभर १५३ स्थानमा सञ्चालन भएको मन्त्रालयले जनाएको छ। हाल बजारमा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको र माग–आपूर्ति तथा मूल्यमा प्रतिकूल असर नपर्न व्यवसायी र उपभोक्तालाई अत्यधिक सञ्चिति नगर्न मन्त्रालयले आग्रह गरेको छ।

 

त्यसैगरी, नियमित बजार अनुगमनलाई कडाइ गर्ने, उपभोक्ता अधिकार हनन् वा आपूर्ति श्रृङ्खलामा अवरोध गर्ने कार्य भएमा कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डण्डुराज घिमिरे सचिवमा बढुवा

चाडपर्व लक्षित १५३ सहुलियत पसल सञ्चालन, आपूर्ति सहज बनाउन मन्त्रालयको प्रतिवद्धता

नागरिक सरकार र कर्मचारीतन्त्रको भविष्य

कर्मचारीलाई मन्त्री खनालले भने- ‘व्यक्तिगत काम लिएर साँझ बिहान मेरो घर नआउनू’

काठमाडौं सडक डिभिजन : भण्डारीको नेतृत्वमा मर्मतदेखि आधुनिक आयोजनासम्म

कर्मचारी सरुवामा कुलमानको नीति : राइट म्यान इन राइट प्लेस इन राइट टाइम

अन्तरिम सरकारको पहिलो निर्णय : १ असोजमा शोक विदा,आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १५ लाख

मन्त्री घिसिङलाई मन्त्रालयको अवस्थाबारे सचिव शर्माको विस्तृत ब्रिफिङ

बिशेष