सडकबाट हट्यो सेना,निषेधाज्ञाबारे छलफलमा जुटे सिडियो

काठमाडौँ उपत्यकाका सडकबाट सेना हटेको छ । गत २३ र २४ मा जेनजीको प्रदर्शनको क्रममा तोडफोड,लुटपाट मच्चिएसँगै काठमाडौं,ललितपुर,भक्तपुरमा सेना नै परिचालन भएका थिए भने ती जिल्लामा कर्फयू र निषेधाज्ञा जारी भएको थियो ।
हिजो बेलुका नै नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै काठमाडौँका सडकमा तैनाथ सेना हटेका छन् ।

बिज्ञापन

सेनाले विगत ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू आदेशसम्बन्धी सूचना जारी गर्ने गरेकोमा शनिबार बिहान ६ बजेदेखि नै कर्फ्यू र निषेधाज्ञा हटेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।
यसैबीच अहिले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओहरुको बैठक बस्न लागेको हो ।

बिज्ञापन

जारी निषेधाज्ञा खुकुलो बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दिँउसोको निषेधाज्ञा हटाए पनि रातको समयमा के गर्ने भन्नेबारे निर्णय गर्न सुरक्षा समितिको बैठक बोलाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष