अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन सुरु गरिएको छ ।
बिज्ञापन
सिंहदरबारको प्रधानमन्त्री कार्यालय जेनजीको आन्दोलन क्रममा प्रदर्शनकारीहरूले आगजनी गरिदिँदा ध्वस्त भएको छ। प्रधानमन्त्री कार्यालय ध्वस्त भएपछि गृह मन्त्रालयका लागि बन्दै गरेको नयाँ भवनमा अब बन्ने प्रधानमन्त्रीको कार्यकक्ष राख्न लागिएको हो।
बिज्ञापन
तत्कालका निम्ति सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गर्न लागिएको छ । त्यसनिम्ति आवश्यक सामानको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ ।अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन थालिएको छ । गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री राख्न लागिएको छ।
अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृहमन्त्रालयको नयाँ भवन हुनसक्छ भनेर सोही अनुसार तयारी भएको मुख्य सचिव एकनारायण अर्यालले बताए ।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बढी नै ड्यामेज भए पनि कम ड्यामेज भएका मन्त्रालय वा सिंहदरबारभित्र रहेका अन्य सरकारी कार्यालयबाटै सेवा दिने गरी निजामती कर्मचारी तयार रहेको उनी बताउँछन् ।