जेन–जेड आन्दोलनमा कर्मचारी संगठनको गम्भीर ध्यानाकर्षण, संयम र संवादमार्फत समाधानको आह्वान

सामाजिक सञ्जालको निर्वाध प्रयोग, भ्रष्टाचारको अन्त्य र सुशासनलगायतका माग राखी राजधानीसहित देशका विभिन्न स्थानमा भाद्र २३ गते जेन–जेड पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शन र त्यसपश्चात सिर्जित परिस्थितिप्रति नेपाल निजामती कर्मचारी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन

संगठनले शुक्रबार जारी गरेको विज्ञप्तिमा आन्दोलनको क्रममा सरकारी पक्षबाट भएको असावधानीपूर्ण दमनप्रति पीडाबोध गर्दै दुःख प्रकट गरिएको छ। विज्ञप्तिमा हालसम्म ३४ जनाभन्दा बढीको मृत्यु र करिब १ हजार भन्दा बढी घाइते भएको तथ्य सार्वजनिक गर्दै संगठनले घटनाप्रति स्तब्धता र मर्माहत प्रकट गरेको छ। साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निशुल्क तथा शीघ्र उपचारको माग गरिएको छ।

 

बिज्ञापन

“शान्तिपूर्ण आन्दोलनको क्रममा निधन भएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

 

संगठनले आन्दोलनका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, लुटपाट र आगजनीबारे सत्यतथ्यसहित न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै आन्दोलनका क्रममा घाइते भएका राष्ट्रसेवक कर्मचारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक व्यवस्था मिलाउन जोड दिएको छ।

 

महासचिव रामचन्द्र अधिकारी र अध्यक्ष भवानी न्यौपाने दाहालको हस्ताक्षर रहेको विज्ञप्तिमा संगठनले देशभरका राष्ट्रसेवक कर्मचारीलाई सुरक्षित, संयमित रहँदै अत्यावश्यक सेवा सहजीकरणमा खटिन आग्रह गरेको छ।

 

त्यसैगरी स्वास्थ्यकर्मीलाई आन्दोलनका क्रममा घाइतेहरुको उद्धार, उपचार र सहायतामा अविचलित रहन आह्वान गरिएको छ।

 

“राष्ट्र रहे हामी रहन्छौं भन्ने मूल मर्मलाई आत्मसात गर्दै सबै पक्षले धैर्यता र विवेकपूर्ण ढंगले काम गरी संविधानसम्मत र कानुनी प्रक्रिया पूरा गर्दै स्थायी समाधान खोज्न सकिन्छ,” संगठनले जनाएको छ।

 

संगठनले आन्दोलनरत पक्ष र सरकार दुवैलाई संयमित रहि थप जनधनको क्षति हुन नदिइ संवाद र शान्तिपूर्ण प्रक्रियामार्फत माग सम्बोधन गर्न आग्रह गरेको छ। साथै राष्ट्रसेवक कर्मचारीलाई आफ्नो कार्यालयमा समन्वय गर्दै सरसफाइ, अभिलेखको सुरक्षा तथा नागरिक सेवा प्रवाहलाई निरन्तरता दिन अपिल गरिएको छ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकार प्रमुखको रुपमा सुशीला कार्कीले आजै शपथ लिँदै, संसद् विघटन हुने

सिंहदरबार आगजनी र लुटपाटमा संग्लग्न आठ पक्राउ

ध्वस्त भएका मन्त्रालयको काम कहाँबाट कसरी गरिदैंछ ?

सिंहदरबारभित्र भएको क्षतिको रुजु पछि मात्र सरसफाइ र पुनःनिर्माण गरिने

जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन राष्ट्रसेवकको अन्त्येष्टि

निभाउन थालियो सडक विभाग भवनको आगो

यसरी तयार पारिदैछ नयाँ प्रधानमन्त्री राख्ने गृहको नयाँ भवन

जेन–जेड आन्दोलनमा कर्मचारी संगठनको गम्भीर ध्यानाकर्षण, संयम र संवादमार्फत समाधानको आह्वान

बिशेष