जङ्गीअड्डा भित्र प्रधानसेनापतिसँग छलफल जारी,बाहिर सुशीला कार्की मान्दिनौं भन्दै नाराबाजी

जेनजीका प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अन्तरिम सरकार प्रमुखका लागि प्रस्ताव गरेपछि बिहीबार बिहान प्रधानसेनापति अशोकराज सिग्देलसँग पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको भेटवार्ता चलिरहेको छ ।

बिज्ञापन

जेनजी प्रतिनिधिहरूको उपस्थितिमा कार्की र सिग्देलबीच वार्ता चलिरहेको छ । छलफलका लागि पूर्व प्रधानन्यायशीश कार्की पति दुर्गा सुवेदीसँगै जङ्गी अड्डा पुगेकी हुन ।भित्र सुशीला कार्की र उनका श्रीमान् दुर्गा सुवेदीसँग प्रधान सेनापतिको झण्डै एक घण्टादेखि छलफल भइरहेको छ । संविधान सँशोधन,प्रधानमन्त्रीमा नियुक्ति प्रक्रिया र सँघीयतावारे कुरा मिल्न बाँकी छ ।

बिज्ञापन

भित्र वार्ता चलिरहँदा बाहिर नेपाली सेनाले जङ्गीअड्डा वरिपरि कडाइ गरेपछि युवाहरू सुन्धारास्थित धरहराअगाडि भेला भएर नाराजानी गरिरहेका छन् । मुख्यालय अगाडि नै नाराबाजी गर्न थालेपछि आज युवालाई सेनाले सुन्धारातिर पुर्याइएको छ ।

नेपाली सेनाको मुख्यालय नजिकै धरहरा वरपर जम्मा भएको युवाहरुको भीडले सुशीला कार्कीको विरोधमा नाराबाजी गरेको छ । भीड बढ्दै गएकाले भद्रकाली वरपर सेनाले सुरक्षा कडा बनाएको छ । सेनाले भीड नगर्न र धराहरा क्षेत्रबाट हट्न माइकिङ शुरु गरेको छ ।

बिज्ञापन

बिहानैदेखि सुन्धारामा भेला भएका युवाले ‘सुशीला कार्की मान्दैनौँ’ भन्दै नाराबाजी गरिरहेका छन् । उनीहरूलाई सेनाले माइकिङ गरेर धैर्य बस्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सम्बन्धको मौनता

प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

बिशेष