जेन जेड आन्दोलन : प्रदर्शनका क्रममा १३ जनाको मृत्यु

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध जेन जेड पुस्ताले देशव्यापी आन्दोलन चर्काइरहेका बेला उपत्यकाभित्र मात्रै १३ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतअनुसार उपत्यकाका विभिन्न अस्पतालमा उपचारका क्रममा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार, त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर, सिभिल, काठमाडौँ मेडिकल कलेज (केएमसी) र एभरेष्ट अस्पतालमा मृत्यु भएकाहरूलाई भर्ना गरिएको थियो। तीमध्ये ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, केएमसी अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

बिज्ञापन

यद्यपि घाइतेहरूको यकिन संख्या भने अझै सार्वजनिक भएको छैन। विभिन्न अस्पतालमा गम्भीर घाइतेहरू उपचाररत रहेको र मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको मन्त्रालय स्रोतको भनाइ छ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा आज दिनभर उपत्यकाका विभिन्न स्थानमा विद्यार्थी तथा युवा आन्दोलनमा उत्रिएका थिए। सुरक्षा निकायले प्रदर्शन नियन्त्रणका लागि बल प्रयोग गर्दा भिडन्त र ढुंगामुढापछि अवस्था तनावपूर्ण बनेको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष