१४ उपसचिव,८ अधिकृतसहित ५० कर्मचारी सम्मानित

चन्द्रलोक प्रतिष्ठानले एकै पटक ५० जना कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा शाखा अधिकृतदेखि उपसचिव तहसम्मका कर्मचारीहरु रहेकाछन् ।

बिज्ञापन

प्रतिष्ठानले निजामती सेवा दिवसको अवसरमा पारेर उपसचिव तहका १४,शाखा अधिकृत तहका ८ कर्मचारीहरुलाई एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरेको हो ।

बिज्ञापन

सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका सिनियर डिभिजनल इञ्जिनियर उपसचिव बद्री कुइँकेल, चन्द्रागिरि नगरपालिकाका शिक्षा निर्देशक सुजनराज खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी उपसचिव निर्मला थापा,उपसचिव तेजराज शर्मा, यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, भन्सार जाँचपास कार्यालय त्रिपुरेश्वरका प्रमुख भन्सार परीक्षक नवराज पन्थी,कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौँका उपसचिव रामबन्धु शर्माका साथैं मालपोत कार्यालय साँखुका प्रमुख मालपोत अधिकृत कुमारबहादुर खड्का, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाई, बूढानीलकण्ठ नगरपालिकाका उपनिर्देशक गोपालप्रसाद पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपसचिव वीरबल अधिकारी, राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१०, सानोठिमी भक्तपुरका उपनिर्देशक तारानाथ निरौला, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनियर रुपेश महत र डिभिजन वन कार्यालय सुनसरीका डिभिजनल वन अधिकृत खुद्रस मिर्या रहेका छन् ।
प्रतिष्ठानले १४ जना उपसचिवहरुलाई सम्मान गरेको हो । यस्तै प्रतिष्ठानले शाखा अधिकृत तहका कर्मचारीहरु प्रदेश ऊर्जा कार्यालय लुम्बिनी प्रदेश भालुबाङ, दाङका प्रमुख झलकबहादुर थापा, अर्थ मन्त्रालयका शाखा अधिकृत रामप्रसाद रेग्मी, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हरिहरभवन ललितपुरकी परीक्षक कमला घिमिरे, राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरका शाखा अधिकृत तीर्थराज पासवानलाई सम्मान गरेको छ ।

यस्तै नापी कार्यालय साँखुका अधिकृत भानुभक्त भट्ट, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना धनुषाका इञ्जिनियर रुपनारायण यादव, डिभिजन वन कार्यालय धनुषाका अधिकृत नागेश्वरप्रसाद यादव र डिभिजन वन कार्यालय पर्साका वन अधिकृत मोहमद आरिफ हुसैनलगायतका निजामती कर्मचारी सम्मानित भएका छन् ।

बिज्ञापन

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारीहरूलाई सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष