आठ बर्षपछि कसले पाउँदैछन् सर्वाेत्कृष्ट पुरस्कार ?

२२ औं निजामती सेवा दिवस भोलि मनाइँदैछ ।

बिज्ञापन

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइँदै आएको छ । निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो। यस बर्ष २२ औं निजामती सेवा दिवस बनाइँदै छ ।

बिज्ञापन

व्यावसायिक र सृजनशील प्रशासनस् विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ यस बर्षको निजामती सेवा दिवस मनाइन लागेको हो । निजामती सेवा दिवसका दिन बर्सेनि कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार आगामी आइतबार ४१ जना विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिँदैछ ।

दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित दश जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुस्कार दिइदै आएको छ ।हरेक बर्ष उत्कृष्ट र निजामती पुरस्कार ४० जना कर्मचारीलाई बाँडिए पनि विगत आठ बर्षदेखि सर्वोत्कृष्ट कर्मचारी भेटिएका छैनन् । सरकारले हालसम्म चार जनालाई मात्रै निजामती सर्वोत्कृष्ट पुरस्कार दिएको छ। तिनमा २०६८ मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी, २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी छन्। विगतमा पुरस्कार पाएकाहरू विवादरहित हुन सकेनन्। यसले पनि सरकारले सर्वोत्कृष्ट छान्ने आँट नगरेको जानकारहरु बताउँछन् ।

बिज्ञापन

पुरस्कार सिफारिस गर्नका लागि मुख्यसचिवको संयोजकत्वमा पुरस्कार सिफारिस समिति बनेको छ । जहाँ कानुन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयका सचिवसँगै पूर्व मुख्यसचिव सदस्य रहने छन् ।सोही सिफारिस समितिले दिएको नाम मन्त्रिपरिषद्बाट निर्णय भएपछि छनौटमा परेका कर्मचारीलाई सरकारले पुरस्कार वितरण गर्छ ।

सरकारले पछिल्लो आठ बर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्न छाडेको छ । झण्डै ८६ हजार बढी कर्मचारीको भीडमा सरकारले एउटै सर्वोष्कृष्ट कर्मचारी नभेटेको आठ बर्ष भयो ।

सर्वोत्कृष्ट कर्मचारी पुरस्कार थाप्नका लागि निजामती सेवाको स्थायी पदमा पन्ध्र वर्ष वा सो भन्दा बढी अवधि सेवा गरे,पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको,– पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको लगायतका प्रावधानहरु राखिएका छन्।
यी र यस्ता प्रावधानकै कारण सर्वोत्कृष्ट निजामती पुरस्कार वाड्न नसकिएको तर्क गर्नेहरु पनि छन् तर पूर्वसचिव कृष्णहरि बाँस्कोटा पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्ने भन्ने नै नहुने बताउँछन् ।

निजामती सेवाको स्थायी पदमा दश वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको,पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको,पछिल्लो दश वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको,– सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको,असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,पुरस्कारको लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको र पछिल्लो तीन वर्षभित्र गयल कट्टीमा नपरेको हुनुपर्ने व्यवस्था राखिएको छ भने निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा पाँच वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको,पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको लगायतका प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष