संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै जानुपर्ने बताएकी छिन् ।
बिज्ञापन
राजधानीमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बनाएकी हुन् ।
बिज्ञापन
अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको भन्दै मन्त्री न्यौपानेले संघीयता पुर्ण रुपमा कार्यान्वयनमा जान अझै केही समय लाग्ने बताउनुभयो । संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दावी गरिन ।
संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबारको रुपमा जनतालाई घर आँगनमै सेवा दिईरहेको बताउँदै न्यौपानेले स्थानीय सरकारलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको बताइन । ‘जनतालाई सर्भिस डेलिभरीमा सबैभन्दा बढी ध्यान दिने सरकार नै स्थानीय सरकार हो, त्यसैले स्थानीय सरकार शक्तिशाली हुनुपर्छ भनेर नै हामीले लामो समयदेखि आन्दोलन पनि गरेका हौँ । संविधानले दिन खोजेको अधिकार पनि त्यही हो ।’
बिज्ञापन
सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुने भन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताइन ।