संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै जानुपर्दछ : मन्त्री न्यौपाने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै जानुपर्ने बताएकी छिन् ।

बिज्ञापन

राजधानीमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बनाएकी हुन् ।

बिज्ञापन

अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको भन्दै मन्त्री न्यौपानेले संघीयता पुर्ण रुपमा कार्यान्वयनमा जान अझै केही समय लाग्ने बताउनुभयो । संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दावी गरिन ।

संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबारको रुपमा जनतालाई घर आँगनमै सेवा दिईरहेको बताउँदै न्यौपानेले स्थानीय सरकारलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको बताइन । ‘जनतालाई सर्भिस डेलिभरीमा सबैभन्दा बढी ध्यान दिने सरकार नै स्थानीय सरकार हो, त्यसैले स्थानीय सरकार शक्तिशाली हुनुपर्छ भनेर नै हामीले लामो समयदेखि आन्दोलन पनि गरेका हौँ । संविधानले दिन खोजेको अधिकार पनि त्यही हो ।’

बिज्ञापन

सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुने भन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताइन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

नवलपरासी प्रशासनले रोक्यो रवि लामिछानेको चुनावी कार्यक्रम

अदालतको आदेश अटेर गर्ने मालपोत प्रमुखलाई जेल सजाय

क्रोनी क्यापिटलिज्म

१० प्रतिशत कमिसनको कुरा बाहिरिएपछि सडकमा खैलाबैला

बिशेष