उपमहानगरपालिकामाथि कहिलेसम्म उपेक्षा ?

सरकारले महानगरपालिका र उपमहानगरपालिकामा सहसचिवको दरबन्दी राखेको छ । देशभर ६ महानगर र ११ वटा उपमहानगरपालिका छन् । तर तीमध्ये एक महानगर र अरु उपमहानगरमा दरबन्दी अनुसारका कर्मचारीहरु खटाउन सकेको छैन सरकारले ।

बिज्ञापन

यता सिंहदरबारमा कर्मचारी थुपारिएको छ,स्थानीय तह दरबन्दीका कर्मचारी नपाएर एक तह मुनीका हाकिमलाई जिम्मेवारी दिइरहनु पर्ने स्थिति छ । जनप्रतिनिधि कर्मचारी पाइएन भन्दै मन्त्रालयमा धाँइरहँदा खटाइएका कर्मचारी जनप्रतिनिधिहरुले हाजिर गर्न दिइएनन् भन्दै धमाधम फिर्ता हुँदैछन् ।
अहिले ११ वटा उपमहानगरपालिका छन् । त्यहाँ दरबन्दी सहसचिवको राखिएको छ तर २ बाहेक ९ वटा उपमहानगरपालिकामा उपसचिव नै प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । यसरी दरबन्दी सहसचिवको राख्ने,सहसचिव कोही खटाउन र पठाउन नसक्ने हो भने किन राख्नु सहसचिवको दरबन्दी ?

बिज्ञापन

अहिले पनि वीरगञ्ज महानगरपालिकादेखि धरान उपमहानगरपालिकासम्ममा निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् । जस्तो वीरगञ्ज महानगरपालिकामा उपसचिव अरविन्द लाल कर्ण निमित्त प्रमुख प्रशासकीय अधिकृत छने भने धरान उपमहानगरपालिका अम्बिकाप्रसाद चौलागाईं,मिनबहादुर भट्टराई इटहरीको उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल,बाराको कलैया उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव नाथु साह रहेका छन् । उता सहसचिवको दरबन्दी रहेको दाङको तुलसीपुर उपमहानगरपालिका केशवराज पार्थे र घोराही उपमहानगरपालिकामा ऋषिराम केसी निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । पार्धे लामो समय सामान्य प्रशासनमा कार्यरत थिए उपसचिवमा बढुवा हुनेबित्तिकै तुलसीपुर उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका हुन । सचिवको दरबन्दी रहेको नेपालगञ्ज उपमहानगरपालिकामा उपसचिव रामहरि शर्मा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । उनी प्रकाश ज्वाला मन्त्री हुँदा दाहिने हात थिए । अहिलेसम्म आधा दर्जन मन्त्रीको नीजि सचिव रहेका उनी त्यहाँ निमित्त खान पुगेका हुन । यस्तै धनगढी उपमहानगरपालिकामा पनि लामो समयदेखि उपसचिव नरेन्द्रबहादुर खाती निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष