जिल्ला अदालतका नासु घुससहित अख्तियारको फन्दामा परेका छन् ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई १२ हजार घुससहित पक्राउ परेका हुन । आयोगको बुटवल कार्यालय तथा नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले धमलालाई सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। आयोगका अनुसार उनले अदालतको फैसला प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरेका थिए।
बिज्ञापन
धमलालाई आज नेपालगञ्ज उपमहानगरपालिका–९, शान्तिनगरस्थित यातायात चोकबाट घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ।