तीन सहसचिवको सरुवा १७ दिनमै बदर

पावर र पहुँच भएका कर्मचारीहरुले सरकारले गरेको सरुवाको निर्णयलाई ‘पानीको फोका’झैं बनाउन थालेका छन् ।
सरकारले गत २६ को मन्त्रिपरिषद्को निर्णय अनुसार एकै पटक ७२ जना सहसचिवहरुको सरुवा गरेको थियो । सरकारले गरेको उक्त सरुवाको निर्णय सत्र दिनमै उल्टाइदिएका छन् तीन जना सहसचिवहरुले ।

बिज्ञापन

७२ सहसचिवको सरुवा हुँदा प्रशासन सेवाका ४७ ,इञ्जिनियरिङ सेवातर्फका १३,शिक्षा सेवा १,स्वास्थ्य सेवाका २ र वन तथा कृषि सेवाका कर्मचारीहरु रहेका थिए । तीमध्ये तीन जना सहसचिवहरुले १७ दिनमै सरुवा उल्टाउन सफल भएका हुन ।

बिज्ञापन

जस अनुसार,कर्मचारी संकेत नम्बर १८४५५७ रहेको नीता पोखरेललाई निर्वाचन आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको थियो भने मध्यमस्तरीय करदाता कार्यालयबाट पार्वती शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा खटाइएको थियो । यस्तै प्रदेशबाट शरणकुमार पाण्डेलाई कृषि मन्त्रालयमा सरुवा गरिएको थियो । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले केही दिन अगाडि सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको गाडीको साँचो खोसेर चालकलाई समेत धम्काएको बिषय समेत उत्कर्षमा आएको थियो । करारका चालक हटाएर आफ्नो मान्छे नियुक्त गर्ने मन्त्री हाङ्गामको प्रयासलाई सचिव पाण्डेले अस्वीकार गरेपछि विवाद चर्किएको थियो । उनै पाण्डेले समेत आफ्नो सरुवा बदर गराएका छन् ।

गत साउन २६ मा भएको सहसचिवद्धय नीता र पार्वतीको सरुवा दुई सातामै बदर भएको हो । भदौं १३ मा बसेको क्याविनेट बैठकले सामान्य प्रशासनबाट दिवस आचार्यलाई स्वास्थ्य मन्त्रालयमा पठाएर यस अघि स्वास्थ्यमा सरुवा भएकी नीता पोखरेललाई सामान्यमा भित्र्याइएको छ भने अवधि नपुग्दै सरुवामा परेकी पार्वती शर्मालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा भएको सरुवा बदर गराएर सामान्य प्रशासनमा लगिएको छ ।
यस्तै सोही मितिमा सरुवा भएका सहसचिव शरणकुमार पाण्डेको सरुवा दुई सातामै बदर भएको छ । उनी सोही प्रदेशमा टिक्न सफल भएका छन् । ०८२ भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय उल्ट्याउँदै उनलाई पुनः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा त्यस अन्तर्गत, कोशी प्रदेशमै खटाउने निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

बिशेष