निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

संघीय निजामती सेवा विधेयकमा अब निजामती कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने व्यवस्था गरिएको छ।

बिज्ञापन

मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले प्रतिनिधि सभाले अघि सारेको अडान उल्ट्याउँदै यस्तो व्यवस्था समावेश गरेको हो। प्रतिनिधिसभाले यसअघि कर्मचारीलाई पढाउन नपाउने प्रावधान राखेको थियो।

बिज्ञापन

छलफलका क्रममा सांसदहरूले कर्मचारीलाई अतिरिक्त श्रम गरेर आम्दानी गर्नबाट रोक्नु अनुचित हुने तर्क प्रस्तुत गरेका थिए। माओवादी केन्द्रका सांसद तारामान स्वारले “श्रम गर्ने अवसरलाई बन्देज लगाउनु हुँदैन, कार्यालय समय बाहिर र काममा बाधा नपर्ने गरी अन्य कार्य गर्न पाउनुपर्छ” भनेका थिए।

यस्तै सांसद सुरेश आलेमगर, राधेश्याम पासवान लगायतले पनि कर्मचारीलाई लोकसेवा तयारी कक्षा पढाउन रोक्ने खालको भाषा विधेयकमा राख्नु उपयुक्त नहुने धारणा राखे।

बिज्ञापन

सांसदहरूको सुझावपछि समितिकी सभापति तुलसीकुमारी दाहालले ‘कार्यालय समय बाहिर पढाउन पाउने गरी व्यवस्था राखौं’ भन्ने प्रस्ताव अघि सारिन्, जसलाई समितिले सर्वसम्मत समर्थन गरेको हो।

यससँगै निजामती कर्मचारीले अब आफ्ना नियमित जिम्मेवारीलाई असर नपर्ने गरी कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन सक्ने भएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

बिशेष