निजामती विद्येयकको गाँठो फुक्यो,कर्मचारीको अवकाश उमेर अब तीन चरणमा

अन्तत निजामती सेवा विद्येयकको गाँठो फुकेको छ । कर्मचारीको अवकाश उमेर तीन चरणमा राख्ने सहमति जुटेसँगै निजामती विद्येयकमा केही दिनदेखि शुरु भएको किचलो सल्टिएको हो ।

बिज्ञापन

निजामती विद्येयकको दफा ५८ मा रहेको अवकाशको उमेर हदको बिषयमा सरकारको तर्फबाट नयाँ प्रस्ताव गरिएसँगै निजामती सेवा विद्येयकमा किचलो शुरु भएको थियो ।

बिज्ञापन

निजामती सेवा विद्येयकको दफा ५९ मा कर्मचारीको उमेर हदसम्बन्धी व्यवस्था राखिएको छ । प्रतिनिधि सभाबाट पारित भएर आएको व्यवस्थालाई जस्ताको तस्तै सर्वसहमतमा पारित गरेको थियो विद्यायन व्यवस्था समितिले । प्रतिनिधि सभाबाट पारित भएको उक्त प्रावधानमा ऐन जारी भएको बर्ष ५८ बर्षमा कर्मचारीहरु अवकाशमा जाने,अर्को बर्ष ५९ र अर्को बर्षबाट उमेर हद ६० बनाउने प्रावधान राखिएको छ । समितिले निजामती विधेयकको दफा ५८ मा अनिवार्य अवकाशसम्बन्धी प्रतिनिधिसभाले गरेको व्यवस्था नै कायम रहने गरी सर्वसम्मत पारित गरेको थियो । तर मन्त्री न्यौपानेले अस्ति शुक्रबारको बैठकमा आफू उपस्थित नभएको भन्दै ऐन प्रारम्भ भएको वर्ष ५९ वर्ष अवकाशमा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव शनिबारको बैठकमा राखेसँगै किचलो शुरु भएको छ ।

 सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को बर्ष ६० वर्षको प्रावधान लागू गर्ने सरकारको नयाँ प्रस्ताव गरेको थियो । तर विपक्षीहरुले यस अघि सर्वसहमतले पास भइसकेको विद्येयक करेक्सन गर्न नमिल्ने अडान लिएका थिए । सोही अडानबाट सरकार व्याक भएसँगै संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश सम्बन्धी व्यवस्थामा गाँठो फुकेको छ ।

बिज्ञापन

प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णय मन्त्री न्यौपानेको अभिव्यक्तिसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष