विदेश भ्रमणमा सचिवको लर्काे :एउटै क्याविनेटबाट पाँच सचिवको भ्रमण स्वीकृत

विदेश भ्रमणका लागि सचिवहरु लर्काे लाग्दै छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा उड्नु अघि बसेको क्याविनेट बैठकले २४ निर्णय गरेको थियो । जसमा अधिकांश मन्त्री र सचिवहरुको भ्रमण स्वीकृति रहेको छ । क्याविनेटले २४ वटा निर्णय गर्दा ९ वटा भ्रमण स्वीकृतिसँग सम्बन्धित रहेका छन् । जसमध्ये प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमण स्वीकृत गरेको छ । उनी यही भदौ २७ गतेदेखि असोज ४ गतेसम्म ग्वाङ्झौ र सांघाईमा आयोजना हुने सैन्य कार्यक्रममा सहभागी हुँदैछन् ।

बिज्ञापन

यस्का अलवा १४ देखि १८ साउनसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टिमको चीन भ्रमण पनि सोही क्याविनेटले स्वीकृत गरेको थियो । अहिले प्रधानमन्त्री केपी शर्मा ओली, दुई मन्त्री र परराष्ट्र सचिवसहितको टोली चीन भ्रमणमा छन्। उनीहरु १८ गते फर्कदैछन् ।

बिज्ञापन

क्याविनेटले सरकारका चार सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । क्याविनेटले जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीको मलेसिया भ्रमण स्वीकृत गरेको छ । आगामी भदौ २२ देखि २८ गतेसम्म क्वालालम्पुरमा हुने ‘आईसीआईडीयूएस मेगा इभेन्ट’, चौंथो ‘वर्ल्ड इरिगेसन फोरम तथा ७६औं इनटरनेसनल एक्जुकेटिभ काउन्सिल बैठकमा सहभागी हुन उनी मलेसिया जाने भएकी हुन ।
यस्तै,अर्थ मन्त्रालय (राजश्व) सचिव दिनेश घिमिरेको जापान भ्रमण स्वीकृत गरेको छ । घिमिरे आगामी असोज ८ देखि ९ गतेसम्म टोकियोमा हुने ‘द फोर्टिन हाइ–लेवल टाक्स कन्फ्रेन्स फर एसियन एन्ड स्पेसिफिक कन्ट्रिज्’ सम्मेलनमा सहभागिताका लागि जापान जाने भएका हुन ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द शर्मा भदौं २३ देखि २५ गतेसम्म हुने ‘डाइलग नेक्स्ट’ कार्यक्रममा सहभागी हुन भारत जाँदैछन् ।

बिज्ञापन

शिक्षा सचिव चूडामणि पौडेल आगामी कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने ‘ग्लोबल हायर एजुकेसन’ सम्बन्धी सम्मेलनमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष