निजामती विधेयक आजै राष्ट्रियसभामा पेस गर्ने तयारी

संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन आज राष्ट्रिय सभामा पेस हुने भएको छ। अपराह्न सवा तीन बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको छ।

बिज्ञापन

समितिले आज बिहान पुनः बैठक बसेर बाँकी विषय टुंग्याउने र प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको सभापति दाहालले जानकारी दिइन्।

बिज्ञापन

यसअघि आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ५९ वर्ष उमेर पूरा गर्ने निजामती कर्मचारीलाई सो उमेर पुग्ने बित्तिकै अवकाश दिने प्रावधान समावेश गर्न आग्रह गरेकी थिइन्। तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सदस्यहरूले प्रतिनिधि सभाबाट पारित संशोधनमै अडिग रहनुपर्ने धारणा राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो।

त्यसपछि असहमति टुंग्याउन सोमबार बिहान पुनः बैठक बोलाइएपछि प्रतिवेदन पेस गर्ने बाटो खुलेको हो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष