हेमजा सडक खण्डमा कालोपत्रे विवाद : निर्माण नसक्दै बाटै छेक्ने खाल्डाे

पोखरा । मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हेमजा सडक खण्ड (नयाँपुल नजिकै) कालोपत्रे विवादमा परेको छ । निर्माण कार्य पूरा नहुँदै सडक सतह खाल्डाखुल्डी भएर सवारी सञ्चालनमै समस्या देखिएको हो ।

बिज्ञापन

स्थानीयवासीका अनुसार ठेकेदारले निर्माण कार्य अधुरो छाडेर ‘कालोपत्रे’ गर्न थालेपछि सडक एकातिर खाल्डाे–उकै, अर्कोतिर असमान सतह बनेर यातायात जोखिमपूर्ण बनेको छ । “काम सकिँदैन, गुणस्तर छैन, खाल्डामै कालोपत्रे — यस्तो कस्तो मापदण्डको काम हो ?” भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

बिज्ञापन

यात्री तथा सवारी चालकहरूले पनि कालोपत्रे नाम मात्रको देखिएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार वर्षा सुरु नहुँदै सडक सतह उखेलिन थालेको छ भने असावधानीपूर्वक छाडिएका खाल्डाहरूले दुर्घटना निम्त्याउने अवस्था बनेको छ ।

सडक विभाग र ठेकेदार कम्पनी दुवैको लापरबाहीका कारण गुणस्तरीय काम नहुँदा राज्यको करोडौँ रुपैयाँ खर्चको उचित उपयोग नहुने चिन्ता स्थानीयमा बढेको छ ।

बिज्ञापन

कालोपत्रे अघि आधारभूत मापदण्ड पुरा गर्नुपर्ने, गुणस्तरीय निर्माणको प्राविधिक परीक्षण गर्नुपर्ने, अधुरो काममै देखिएका त्रुटिहरू सच्याएर मात्र अन्तिम कालोपत्रे गर्ने माग स्थानीयको छ ।

अब सम्बन्धित निकायले तत्कालै निरीक्षण गरी कार्य सुधार नगरेसम्म हेमजा सडक खण्डमा दुर्घटना र जनआक्रोश बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष