चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा नियुक्त

नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।

बिज्ञापन

प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यही १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएसँगै आज बिहान वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली भोलिदेखि नै चीन भ्रमणमा जाँदैछन् र उनी १८ गते मात्रै फर्किने कार्यतालिका छ । सोही कारण साता दिन अघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो। नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्।

खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए । खापुङ एसपी हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका थिए भने एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेका थिए । यस्तै उनी आईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए । खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए ।
उनीसँगै एकै लटमा भर्ना भएकाहरुमध्ये पहिलो लटमा २०५१ चैत ५ मा नियुक्ति लिएका ५३ जना मध्येका वसन्त कुँवर आईजीपीबाटै अवकाशमा गइसकेका छन् । दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर पछि आईजीपीबाट अवकाशमा जाँदैछन् । तेस्रो लटबाट खापुङ आईजीपीको एकल प्रतिस्पर्धीको रूपमा देखिएका थिए । सरकारले उनैलाई प्रहरीको ३२ औं महानिरीक्षक नियुक्त गरेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष