शाखा अधिकृतमा ४४ जना सिफारिस हुँदा ३८ महिला

शाखा अधिकृत नियुक्तिका लागि ४४ जनाको नाम सिफारिस हुँदा ३८ जना महिला र बाँकी ६ जनामात्र पुरुष परेका छन् ।
लोकसेवा आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार न्याय सेवातर्फको नतिजामा यस्तो देखिएको हो । यो नतिजा अनुसार झण्डै ८७ प्रतिशत महिलाहरु अधिकृतमा नाम निकाल्न सफल हुँदा १३ प्रतिशतमात्र पुरुष उमेद्धार स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

आयोगले न्याय सेवातर्फ शाखा अधिकृतको नतिजा सार्वजनिक गर्दा यस्तो देखिएको हो । अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा ४४ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगका अनुसार,लिखित परीक्षाबाट अन्तर्वार्तामा छनौंट भएका ६४ मध्ये अन्तर्वार्तामा उपस्थित रहेका उमेद्धारहरुसँग सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा ४४ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो ।
यसरी सिफारिस गरिँदा ३८ जना महिला र बाँकी ६ जनामात्र पुरुष परेका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,सुदर्शन ज्ञवाली, दिपेश योगी,संजीवकुमार प्रजापति लगायत पुरुषहरु परेका छन् भने बाँकी ३८ महिला अधिकृतहरुमा सिफारिस भएका हुन ।

बिज्ञापन

१६६९४-१६७००-८१-८२_सिफारिस_सूचना

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादास्पद् व्यवसायी दिपक भट्टको १० खर्ब सम्पत्ति जफत गर्न माग गर्दै अख्तियारमा उजुरी

प्रदेश लोकसेवाले माग्यो स्थानीय सरकारी सेवाका लागि सातौं र आठौं तहमा ८४ कर्मचारी

अब राजश्व समूहको शाखा अधिकृत र उपसचिव बन्न सम्बन्धित बिषयमा स्नातक र स्नाकोत्तर गर्नुपर्ने

राजस्व अनुसन्धान विभागको ‘कडा निर्देशन’ : मोबाइल र झोला बाहिर राख्नुहोला

सहकारी नियमन कडा : अब सबै बचत–ऋण सहकारी अनिवार्य रूपमा दर्ता गर्नुपर्ने

भेरी नगरपालिकाको सडक ठेक्कामा अनियमितता : सात जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

त्रिविको जग्गामा १८ संघसंस्थाको रजाइँ : मुछिए ग्लोबल र नेपाल बैंक पनि

कामना विकास बैंकको अध्यक्षमा आचार्य

बिशेष