सिंहदरबारमै उपभोक्ता ठगी : ५ रुपैयाँको चिया २० रुपैयाँमा, १५ को लस्सी ५० मा बेचिएको पर्दाफाश

काठमाडौं, १२ भदौ । सिंहदरबारभित्रै सञ्चालनमा रहेका क्यान्टिनदेखि सर्वोच्च अदालत र वीर अस्पतालसम्मका चमेना गृहहरू उपभोक्ता ठगीको अखडा बनेको खुलासा भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनले क्यान्टिन सञ्चालकहरूले टेन्डरमा सस्तो दर देखाएर उपभोक्ताबाट तीन–चार गुणा बढी पैसा असुल्ने गरेको तथ्य बाहिर ल्याएको हो।

बिज्ञापन

अनुगमनमा खुलेको तथ्यअनुसार, टेन्डर प्रक्रिया जित्न चिया ५ रुपैयाँ, अण्डा ५ रुपैयाँ र लस्सी १५ रुपैयाँमा बेच्ने भनेर वाचा गर्ने क्यान्टिनहरूले सम्झौता हातपारेपछि त्यही चिया २० रुपैयाँ र लस्सी ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन्। उपभोक्ताबाट लिइएको रकमको बिलसमेत जारी नगर्ने, सम्झौता बमोजिमको मूल्य सूची तथा मेनु पनि उपलब्ध नगराउने गरेको विभागले जनाएको छ।

बिज्ञापन

विभागका अनुसार बिहीबार मात्रै १४ वटा फर्मको अनुगमन गरिएको थियो। जसमध्ये ६ वटा होटल, रेस्टुरेन्ट तथा क्यान्टिन रहेका थिए। खरिद बिलबिजक नराखेको पाइएपछि बागबजारस्थित पद्मकन्या क्याम्पसको बागेश्वरी चमेना गृहलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, जावलाखेलको रेडिमेड कपडा पसललाई पनि बिलबिजक नराखेकै कारण २० हजार जरिवाना गरिएको छ भने यट्खाको न्यू सनसाइन विड्स सपलाई ५१ हजार जरिवाना गरिएको विभागले जनाएको छ।

यसैगरी सिंहदरबारका दुई क्यान्टिन, नेपाल ल क्याम्पसको क्यान्टिनसहित पाँच वटा होटल तथा रेस्टुरेन्टलाई व्यवसायसम्बन्धी सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। बाँकी छ वटा फर्मलाई सामान्य चेतावनी दिइएको विभागको भनाइ छ।

बिज्ञापन

उच्च सरकारी निकायभित्रै उपभोक्ता अधिकार हनन हुने गरेको खुलासा भएपछि यस्ता क्यान्टिन र व्यवसायीविरुद्ध कडा निगरानी र कारबाही आवश्यक भएको विभागका अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

बिशेष