अर्थमन्त्रालयले गरेको उपसचिव सरुवा विवादमा

अर्थमन्त्रालयले पाँच दिनअघि गरेको ६८ जना उपसचिवहरूको सरुवा व्यापक आलोचनाको घेरामा परेको छ। सरुवामा परेका सबै अधिकारीहरू एक वर्ष नपुग्दै हेरफेर गरिएको तथ्य बाहिर आएपछि मन्त्रालयभित्र फेरि ‘चलखेल’ हाबी भएको आरोप तीव्र बनेको छ।

बिज्ञापन

 

बिज्ञापन

नवीनतम निर्णयअनुसार,विश्वबन्धु पौडेललाई आन्तरिक राजस्व विभागबाट अर्थमन्त्रालय पठाइएको छ भने गौरीशंकर उपाध्यायलाई अर्थमन्त्रालयबाट आन्तरिक राजस्व कार्यालय कालिमाटीमा खटाइएको छ। उनी मात्र तीन महिनापछि अनिवार्य अवकाशमा जाने भएपछि यस सरुवालाई झनै विवादास्पद मानिएको छ।

त्यस्तै, डम्बरबहादुर गुरुङ त्रिवि स्थल भन्सार कार्यालयबाट आन्तरिक राजस्व कार्यालय टंकाल, शिव राई त्रिवि स्थल भन्सार कार्यालयबाट राजस्व कार्यालय ललितपुर–१, र नारायण प्रसाद रेग्मी भन्सार विभागबाट ठूला करदाता कार्यालयमा सारिएका छन्।

बिज्ञापन

यस्तै, उषा पोखरेललाई चोबार सुखा बन्दरगाह भन्सार कार्यालयबाट ठूला करदाता कार्यालयमा, धनबहादुर बरुवाललाई त्यही बन्दरगाहबाट त्रिवि स्थल भन्सार कार्यालयमा, ललिता ज्ञवालीलाई त्रिवि स्थल भन्सार कार्यालयबाट वीरगन्ज भन्सार कार्यालय सुखा बन्दरगाहमा र काजी बाबु कोइरालालाई त्रिवि स्थल भन्सार कार्यालयबाट वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ।

त्यसैगरी, भूपालराज शाक्यलाई आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भन्सार विभागमा, र दयानन्द केसीलाई अर्थमन्त्रालयबाट चोबार सुखा बन्दरगाह भन्सार कार्यालयमा सरुवा गरिएको छ।

कर्मचारी वृत्तले एक वर्षमै गरिएको दोहोरिएको सरुवाले कामको निरन्तरता खल्बल्याउने, नीतिगत स्थायित्वमा असर गर्ने र क्षमता उपयोगमा कमी ल्याउने भन्दै आलोचना बढाएका छन्। सरुवा प्रक्रियामा फेरि पनि ‘चलखेल’ र ‘बार्गेनिङ’ हावी भएको देखिएको आरोप लगाइएको छ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष