शहरी विकास मन्त्रालयको गाडी निजी कार्यक्रममा दुरुपयोग, प्रमुख सचिवमाथि भ्रष्टाचारको छायाँ

शहरी विकास मन्त्रालयको बा २ झ १६१० नम्बरको सरकारी गाडी रेडियो काठमाडौंले आयोजना गरेको वनभोज तथा तीज कार्यक्रममा कर्मचारी ओसार्न प्रयोग भएको खुलेको छ। गत शुक्रबार जर्सिङ पौवास्थित रिसोर्टमा भएको कार्यक्रममा उक्त गाडीले रेडियोका कर्मचारीलाई ल्याउने–लैजाने काम गरेको थियो।

बिज्ञापन

शहरी विकासमन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव युपि लामिछानेमाथि गाडी दुरुपयोगको आरोप लागेको छ। लामिछाने रेडियो काठमाडौंका अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन्। उनका व्यक्तिगत कार्यक्रम र संस्थाको सुविधा पुर्‍याउन सरकारी साधन प्रयोग गर्नु संवैधानिक उल्लङ्घन र प्रशासनिक गम्भीर अपराध मानिन्छ।

बिज्ञापन

सूचनाअनुसार, लामिछानेले प्रयोग गरेका गाडीबाहेक अन्य मन्त्रालयका गाडीहरू पनि सो कार्यक्रममा पाहुनाहरू बोकेर पुगेका थिए। कार्यक्रममा सहभागीहरूले भने, गाडीको फोटो खिच्न मौखिक सर्कुलर जारी गरिएको थियो, जसले सरकारी साधन दुरुपयोग लुकाउन खोजिएको पुष्टि गर्छ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयरसहित अन्य राजनीतिक हस्तीहरूको पनि उपस्थिति रहेको थियो। विशेषज्ञहरूका अनुसार, सरकारी साधन निजी कार्यक्रममा प्रयोग गर्नु सिद्धान्तगत, प्रशासनिक र कानूनी दृष्टिले गम्भीर समस्या हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

बिशेष