विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

भूमि व्यवस्था मन्त्रालयले नापीका उपसचिवहरुको सरुवाको सूची निकाल्दै छ । यही भदौं दोश्रो साता पछि मन्त्रालयले नापीका उपसचिवहरुको सरुवा गर्ने तयारी गर्दैछ ।

बिज्ञापन

मोटो रकम खर्च गरेर विवादित र बदनाम उपसचिवहरुलाई उपत्याका भित्र्याउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री बलराम अधिकारी र उनका सचिवालयलाई लाखौं भेटी कोसेली चढाउन सक्ने उपसचिवहरुलाई मात्र उपत्याका भित्र्याउने चलखेल भइरहेकोप्रति केही उपसचिवहरुले आपत्ति प्रकट गरेका छन् ।विगतमा स्टिङ अप्रेसनमा परेका,विचौलियासँग हिमचिम भएका र कमजोर कार्यसम्पादन भएका केही विवादित उपसचिवहरुलाई उपत्याकाको नापी कार्यालय प्रमुख बनाएर सरुवा गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतहरुले जनाएको छ ।

बिज्ञापन

अहिले नापीका उपसचिवहरुको दरबन्दी ६० जना रहेको छ । जसमा ३१ जिल्लामा उपसचिव तहको कार्यालय प्रमुखका रुपमा कार्यरत छन् भने विभागमा २३,तालिम केन्द्रमा ४,मन्त्रालयमा २ जना रहेका छन् । यीमध्ये केही विवादित र बदनाम उपसचिवहरुलाई उपत्याका भित्र्याउन लागिएको हो ।

काठमाडौं,ललितपुर र भक्तपुरभित्र नापीका ९ कार्यालयहरु छन् । त्यहाँ भित्रनका दमक,जनकपुर र विभागमा कार्यरत रहेका केही उपसचिवहरुको राम्रै जोडबल चलिरहेको छ । यसरी उपत्याकाका कार्यालय ताक्ने उपसचिवहरुमा शत्रुधन यादव,उमेश कुमार साह र दिनेश काफ्ले लगायत रहेका छन् ।

बिज्ञापन

हाल दमकको प्रमुख रहेका शत्रुधन यादवको कार्यासम्पादन अन्त्यन्त कमजोर रहे पनि उनलाई उपत्याकाको कुनै नापी कार्यालयको प्रमुख बनाउन चलखेल भइरहेको छ । यस अघि नै ललितपुर ताकेर त्यहाँ भित्रन असफल भएका अर्काे विवादित उमेश कुमार साह फेरि ललितपुर भित्रन जोडबल गर्दैछन् । विगतमा लितपुरकै प्रमुख हुँदा अख्तियारको स्टिङ अप्रेसनमा परेका उनी ललितपुर वा उपत्याकाभित्रको कुनै कार्यालयमा जानका लागि जति पनि रकम खर्च गर्न तयार छन् । हाल जनकपुरको कार्यालय प्रमुख छन्,उमेश ।

यस्तै,अर्काे विवादित पात्र दिनेश काफ्ले अहिले विभागमा छन् । विचौलिया सुजन लामाका खास मानिन्छ,काफ्लेलाई । उनी अघि पोखरा नापी प्रमुख भएर बसिसकेका व्यक्ति । तिनै विचौलिया सुजनले नै हो यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको जागिर खाएका । उनै सुजनको मन्त्री बलराम अधिकारीसँग समेत घनिष्ट सम्बन्ध रहेका कारण उनी उपत्याकाको कुनै नापी कार्यालय प्रमुख हुने प्रवल सम्भवना रहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य भइसकेका व्यक्ति भएको हुँदा काँग्रेसी कोटाबाट उपत्याका छिर्न बल गरिरहेका छन् ।
यो सरुवामा ठूलै आर्थिक चलखेल हुन लागेको कर्मचारी प्रेसका सम्पर्कमा आएका कर्मचारीहरु बताउँछन् । उपत्याकाको एउटा कार्यालय प्रमुख भएर भित्रनका लागि कम्तिमा ५० लाखसम्म खर्च गर्नुपर्ने स्थिति छ । सो भन्दा कम रकम बुझाएर उपत्याका भित्रने सक्ने सम्भवना रहेन,ती उपसचिवहरुको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष