ओली सरकार काम चलाउँ भन्दै दायर रिटमा आज सुनवाई हुदैँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा परेकाे रिटमाथी आज सुनवाई हुदैँछ । बिहिवार अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा प्रधानमन्त्री ओली हाल कामचलाउ सरकारको हैसियतमा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त अघि बढाउन माग गरिएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार हिजो रिट दर्ता भएको र यसमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभाका सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालय विपक्षी बनाइएको छ ।

बिज्ञापन

संविधानको धारा १०० (२) अनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ ।  ओली सरकारलाई दिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले क्रमशः असार ३१ र असार २२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

बिज्ञापन

रिटमा कामचलाउ सरकारलाई दूरगामी तथा नीतिगत निर्णय नगर्न समेत अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । सर्वोच्चमा यो रिटको सुनुवाइ शुक्रबार हुने पेसी तोकिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष