गृहमन्त्रीको निजी सचिवमा उपाध्याय

गृहमन्त्री रमेश लेखकका निजी सचिव फेरिएका छन् । हालसम्म निजी सचिवका रूपमा कार्यरत उपसचिव बद्रीप्रसाद तिवारीलाई म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा खटाइएपछि उनको स्थानमा उपसचिव दिर्घराज उपाध्यायलाई नयाँ निजी सचिवको जिम्मेवारी दिने निर्णय गरिएको हो।

बिज्ञापन

उपसचिव तिवारीलाई सरुवा निर्णयसँगै म्याग्दी पठाइएको छ भने उपसचिव दिर्घराज उपाध्यायलाई मन्त्रालयमा ल्याएर गृहमन्त्रीको निजी सचिवको जिम्मेवारी दिइएको हो। सहज र इमान्दार अधिकारीको छवि बनाउन सफल उपाध्याय यसअघि बैतडी र दार्चुला जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका छन्। जिल्ला प्रशासनमा रहँदा उनले स्थानीय प्रशासनलाई चुस्त-दुरुस्त बनाउन सक्रियता देखाएका थिए। स्थानीय तह र सुरक्षासम्बन्धी निकायसँग समन्वय गरी जनतालाई सहज सेवा प्रवाहमा योगदान गरेको उनको अनुभव रहेको बताइन्छ।

बिज्ञापन

गृहमन्त्रीको निजी सचिवालय सरकारका दैनन्दिन निर्णय प्रक्रिया, नागरिक सरोकारका विषय, सुरक्षासम्बन्धी समन्वय र गृह मन्त्रालयभित्रका प्रशासनिक कामकाजमा महत्वपूर्ण मानिन्छ। उपाध्यायले यसअघि जिल्लामा देखाएको नेतृत्व क्षमता मन्त्रालयमै प्रभावकारी हुने अपेक्षा राखिएको मन्त्रालय स्रोतले जनाएको छ।

यस सरुवासँगै गृह प्रशासनमा फेरि एकपटक नयाँ अनुहार देखिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बिशेष