होलसेलमा देश लुटिँदैछ, अब गुमाउन केही बाँकी छैन : पुर्वसचिव उपाध्याय

काठमाडौं । नेपाल सरकारका पुर्वसचिव भीम उपाध्यायले नेपालको वर्तमान राजनीतिक अवस्था, सामाजिक संरचना र राज्यप्रणालीप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै देशमा दण्डहीनता, राज्यविहीनता र आत्मघाती प्रवृत्तिको विकास भएको भन्दै चिन्ता पोखेका हुन्।

बिज्ञापन

उनले लेखेका छन् – “मैले दुई दर्जनभन्दा बढी देश भ्रमण गरेको छु, तर हाम्रो देशको सामाजिक सद्भाव, सहिष्णुता र संरचना अद्वितीय छ। नेपाली हुनुमा गर्व लाग्थ्यो। तर अहिले पराया धर्म प्यारो हुने, आफ्नै धर्म, पहिचान र गौरवलाई शत्रु मान्ने प्रवृत्ति बढेको छ। इतिहासभरि कुनै बैमनश्यता नभएको समाजबीच कृत्रिम रुपमा आगो हालिएको छ।”

बिज्ञापन

उपाध्यायले राष्ट्र एकीकरणकर्ताको फोटोमा थुक्न सक्नेहरूलाई खुला छाडिएको, गाई–गोरू काटेर भतेर लगाउने र लाईभ भिडियोसमेत प्रसारण गर्नेहरूलाई कानुनले नछुने गरेको आरोप लगाए। उनले भने – “भोलि मान्छे काटेर भतेर लाए पनि कोही सुरक्षित हुने छैनन् भन्ने अवस्था विकास हुँदैछ। यो राज्यविहीनता र दण्डहीनताको भयाक्रान्त अवस्था हो, जसलाई नवआतंकवादलाई स्वागत गर्दै खुला छाडिएको छ।”

उनले कानुनको दुरुपयोग गर्दै सानो कुरामा पनि मुद्दा हालिने, तर मूल अपराधी भने सजायबाट मुक्त हुने प्रवृत्ति मौलाएको बताए। उपाध्यायका अनुसार हिन्दु सनातनी समुदायका लागि राज्य संरक्षक नभई आफैं सुरक्षा गर्नुपर्ने अवस्थामा पुर्‍याइएको छ।

बिज्ञापन

राजनीतिक दल, मिडिया र बुद्धिजीवी वर्ग मौन रहेको भन्दै उनले प्रश्न उठाएका छन् – “कानुन हातमा लिनेसँग डराएर हो वा विदेशी स्वार्थपूर्ति गरेर हो, उनीहरू चुप छन्। राजनीतिक स्वार्थका लागि राष्ट्रको चीरहरण भइरहेको छ।”

सचिव उपाध्यायले नेपालमा अहिले न समृद्धि, न रोजगारी, न शान्ति, न सुशासन देखिएको भन्दै सम्पूर्ण राजनीति असफल भएको टिप्पणी गरेका छन्। उनका अनुसार नेताहरू र दलहरू ‘होलसेल’ मा देश लुटानमा लागेको अवस्थामा मुलुकको भविष्य नै अन्धकार भएको छ।

१७ हजारभन्दा बढी नेपालीको जीवन लिइसकिएको, दशौँ हजार अपांग भएको, लाखौँ आन्तरिक तथा बाह्य शरणार्थी बनेको उदाहरण दिँदै उनले प्रश्न उठाएका छन् – “अब अझ कति हजारको बलिदान गर्न बाँकी छ? ती ऐतिहासिक बलिदानको कुनै क्रेडिट किन दिइन्न?”

उनले मुलुकको आगामी अवस्था अझ बदतर हुने चेतावनी दिँदै भनेका छन् – “लडौँ, खुब लडौँ, तर परिणाम अझै विनाशकारी हुनेछ। हिन्दुहरूले भारतमा शरण पाउने होलान्, तर अरूले कहाँ शरण पाउने? अब यो गरिब र आशाविहीन देशमा गुमाउन केही बाँकी छैन।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बिशेष