तलबि प्रतिबेदन पारित विशेष कार्ययोजना : ३७२ मध्ये २३१ निकायको प्रतिबेदन मात्र पारित

काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातमै राष्ट्रिय किताबखानाले लागू गरेको “तलबि प्रतिबेदन पारित विशेष कार्ययोजना–२०८२” को पहिलो महिनाको प्रगति सार्वजनिक भएको छ।

बिज्ञापन

महानिर्देशक श्रवणकुमार पोखरेलको नेतृत्वमा कार्यान्वयन भईरहेको सो कार्ययोजनाअनुसार प्रत्येक निकायले आ.व. सुरु भएको दुई महिनाभित्र सप्रमाण तलबि प्रतिबेदन पेश गर्नुपर्नेछ। पुस्तिका पेश हुनेबित्तिकै विभागले म्यादभित्रै पारित गर्ने प्रतिबद्धता पोखरेलले जनाएका छन्।

बिज्ञापन

कानुनी व्यवस्थाअनुसार यस वर्ष ३७२ निकायले तलबि प्रतिबेदन पेश गर्नुपर्नेमा एक महिनाभित्र २३१ निकायले मात्र आफ्ना ७ हजार ९४७ कर्मचारीका प्रतिबेदन पेश गरेका छन्। तीमध्ये पुष्टि पुगेका ६ हजार ५८ जना कर्मचारीका प्रतिबेदन पारित भइसकेको किताबखानाले जनाएको छ।

तर अझै १४१ निकायले अहिलेसम्म विवरण पेस नगरेको कारण विशेष कार्ययोजना अनुसार भाद्र मसान्तभित्र शतप्रतिशत परिणाम निकाल्ने लक्ष्यमा चुनौती थपिएको महानिर्देशक पोखरेलले बताएका छन्।

बिज्ञापन

आर्थिक अनुशासनलाई मजबुत बनाउन र कानुनी दायित्व पूरा गर्न अनिवार्य मानिएको तलबि प्रतिबेदन पारित प्रक्रिया प्रभावकारी कार्यान्वयनका लागि विभागले सार्वजनिक सूचना जारी गर्दै बाँकी निकायलाई चाँडो प्रतिबेदन पेस गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष