काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा हालै परेको ‘सङ्घीय निजामती सेवा विधेयक–२०८०’ विषयक छलफलले सदस्यबीच मतभेद सतहमा ल्याएको छ।
बिज्ञापन
समितिले आइतबारदेखि विधेयकमाथि सैद्धान्तिक छलफल आरम्भ गरेको हो। छलफलको क्रममा सांसदहरूले मसौदा विधेयक, प्रतिनिधि सभाले तयार पारेको प्रतिवेदन र राष्ट्रिय सभाले अघि सारेका संशोधन प्रस्तावबारे फरक–फरक दृष्टिकोण प्रस्तुत गरेका छन्।
बिज्ञापन
छलफलमा डा. अञ्जान शाक्य, घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद अधिकारी र कृष्णबहादुर रोकायासहितका सदस्यहरूले धारणा राख्दा कतिपय प्रावधानमाथि समर्थन भए पनि कतिपय विषय विवादास्पद बनेका छन्।
यसै क्रममा विधायन समितिमा अब हुने विस्तृत छलफल र बहसपछि मात्र विधेयकको भावी दिशा तय हुने देखिएको छ।
बिज्ञापन