रमेश शेर्पा सहित १० जनामाथि पौने दुई अर्बको मुद्दा दायर

काठमाडौँ । राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारीमार्फत ठूलो मात्रामा इलेक्ट्रिक सिगरेट (भेप) ल्याएको अभियोगमा सिल्क ग्रुप प्रा.लि.का अध्यक्ष रमेश शेर्पासहित १० जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

बिज्ञापन

विभागले ललितपुरको महालक्ष्मीस्थित गोदाममा छापा मार्दा ८६,४०० थान भेप बरामद गरेको थियो। अनुसन्धानबाट रमेश र विजय शेर्पाको संलग्नता देखिएको भन्दै करिब २० करोड बिगो कायम गरी जरिवाना र कैद सजाय माग गरिएको छ।

बिज्ञापन

यस्तै, सिल्क ग्रुप र सम्बन्धित कम्पनीहरूले बिलबीजक बिना ३८,९२४ थान बिक्री गरेको र ३,१६,३१५ थान भेप भन्सार चोरी पैठारी गरी नक्कली कारोबार देखाइएको पाइएको छ। यसबापत करिब ५७ करोड बिगो कायम गरिएको छ।

दुई मुद्दा जोड्दा करिब ८७ करोड बिगो कायम भई एक अर्ब ७४ करोड रुपैयाँभन्दा बढी असुली तथा कैद सजायको माग दाबी गरिएको विभागले जनाएको छ। विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार यो कार्य भन्सार चोरी र राजस्व चुहावटविरुद्धको कडाइका रूपमा अघि बढाइएको हो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बिशेष