रमेश शेर्पा सहित १० जनामाथि पौने दुई अर्बको मुद्दा दायर

काठमाडौँ । राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारीमार्फत ठूलो मात्रामा इलेक्ट्रिक सिगरेट (भेप) ल्याएको अभियोगमा सिल्क ग्रुप प्रा.लि.का अध्यक्ष रमेश शेर्पासहित १० जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

बिज्ञापन

विभागले ललितपुरको महालक्ष्मीस्थित गोदाममा छापा मार्दा ८६,४०० थान भेप बरामद गरेको थियो। अनुसन्धानबाट रमेश र विजय शेर्पाको संलग्नता देखिएको भन्दै करिब २० करोड बिगो कायम गरी जरिवाना र कैद सजाय माग गरिएको छ।

बिज्ञापन

यस्तै, सिल्क ग्रुप र सम्बन्धित कम्पनीहरूले बिलबीजक बिना ३८,९२४ थान बिक्री गरेको र ३,१६,३१५ थान भेप भन्सार चोरी पैठारी गरी नक्कली कारोबार देखाइएको पाइएको छ। यसबापत करिब ५७ करोड बिगो कायम गरिएको छ।

दुई मुद्दा जोड्दा करिब ८७ करोड बिगो कायम भई एक अर्ब ७४ करोड रुपैयाँभन्दा बढी असुली तथा कैद सजायको माग दाबी गरिएको विभागले जनाएको छ। विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार यो कार्य भन्सार चोरी र राजस्व चुहावटविरुद्धको कडाइका रूपमा अघि बढाइएको हो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष