कारागार विभागबाट सरुवा मागिरहेका सहसचिव गृहबाटै ‘आउट’

एक पछाडि अर्काे कारागारमा झडप विवाद निम्तिएपछि कारागार व्यवस्थान विभागका डिजी नारायण प्रसाद भट्टराई आफैं सरुवा खोजिरहेका थिए । कैलाली कारागारमा १ को मृत्यु र ४७ जना घाइते हुने गरी भएको झडप,रुपन्देही कारागारको लफडा,सुनसरीको झुम्का र मोरङको जिल्ला कारागारमा देखिएका विवादपछि सरकारले कारागार व्यवस्थापन विभागको डिजीलाई गृहबाटै हटाएर बहादुर भवनतिर पुर्याएको छ ।

बिज्ञापन

कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव भट्टराईलाई निवार्चन आयोगमा पठाइएको छ । मन्त्रिपरिषद्ले ७२ सहसचिवको मन्त्रालय र निकाय फेरबदल गर्दा भट्टराई सरुवा भएर निर्वाचन आयोग पुगेका हुन ।विद्यालय निरीक्षकबाट फड्को मारेर प्रशासनतिर सिफ्ट भएका भट्टराई यस अघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृहको प्रवक्ताको भूमिकामा थिए ।  विभाग अन्तर्गतका तीन कारागारमा घटना घटेका सार्वजनिक भइरहेका बेलामा महानिर्देशकको सरुवा भएको हो ।

बिज्ञापन

विभिन्न जिल्ला कारागारमा झडप भएपछि उनलाई गृह मन्त्रालयमातहत नै नरहने गरी निर्वाचन आयोग पठाइएको हो ।

भट्टराई विद्यालय निरीक्षक उपसचिव हुँदै प्रशासन तर्फको सहसचिव बनेका हुन । ०५३ सालमा सरकारी सेवामा प्रवेश गरेका कपिलवस्तुतिरका भट्टराई २०७४ सालमा खुला प्रतिस्पर्धाबाट प्रशासन तर्फको सहसचिव भएका हुन्। यस अघि गोरखा, चितवन जस्ता जिल्लाको सिडिओ चलाइसकेका भट्टराई विभिन्न जिलाका कारागारमा झडप भइरहेको समयमा विभागबाट सरुवा मागिरहेका थिए । तर उनलाई गृहबाटै आउट गरेर निर्वाचन आयोग पुर्याइएको छ ।

बिज्ञापन

यस अघि गृहले बुधबार मात्रै कैलालीका प्रमुख जिल्ला अधिकारी सहसचिव गोगन हमाललाई मन्त्रालयमा तानेर दाङमा प्रमुख जिल्ला अधिकारी रहेका कृष्णप्रसाद लम्साललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

सुशीला सरकारको ‘सुशासन’ : दुई महिना नपुग्दै आधा दर्जन सहसचिव भकुण्डो

काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

बजेट निर्माण प्रक्रिया सुरु : समपूरक- विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

बिशेष