महिना दिनपछि घर जान लागेकासँग पनि कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेट हेरफेरको चर्चा चलिरहेका समयमा तिनै परिवर्तन गर्न लागिएका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने तरखर हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ ।

बिज्ञापन

ओली क्याविनेटमा एमालेबाट प्रतिनिधित्व गरिरहेका उपप्रधानमन्त्री विष्णु पौडेल,सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङ,शिक्षा मन्त्री रघुजी पन्त र सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बाहेकका मन्त्रीहरु हेरफेर हुने चर्चा व्यापक छ । यही चर्चाका विच प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुसँग एक बर्षका लागि कार्यसम्पादन सम्झौता गर्न लागेका हुन ।

बिज्ञापन

मन्त्रीहरु नै हेरफेरको चर्चा चलिरहेको समयमा प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्धय सहित अरु मन्त्रीहरुसँग आज कार्यसम्पादन सम्झौता गर्न लागेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय (प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल) र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भइ आदानप्रदान हुन लागेको हो ।

प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

बिज्ञापन

अर्काेतिर सरकारले रमिता देखाइरहेको छ । यो काम किन गरेको ? यस्को कुनै चित्तबुझ्दो तर्क र जबाफ छैन । अहिले केन्द्रमा ५० हजार कर्मचारी छन् । प्रत्येकले तीन पाने कार्यसम्पादन सम्झौताको फारम भर्दा डेढ लाख पाना हुन्छ, त्यो कहाँ राख्ने ? लाखौं कर्मचारीले वर्षेनी सम्पत्ति विवरणको फारम भर्छन् । चार पन्ने सम्पत्ति विवरण राख्नलाई ठाउँ छैन । निजामती, प्रहरी, सेना, शिक्षक र सार्वजनिक–साझेदारी संस्थाका अभिलेखालय भरिभराउमात्र छैनन्, मान्छेभन्दा धमिरा बढी लाग्ने स्थिति छ । त्यसमाथि अब कार्यसम्पादन सम्झौताको थाक कहाँ थन्क्याउने ? कार्यसम्पादन फारम पाँच वर्ष र सम्पत्ति विवरण जागिरभर राख्नुपर्छ । अहिले प्रत्येक अभिलेखालयहरु (किताबखाना) पुरानै कागजात व्यवस्थापन गर्न नसकेर भद्रगोल छन् । अनि जमाना पेपरलेस प्रणालीको छ ।

अर्कोतिर महिना दिनपछि रिटायर्ड भएर घर जाने कर्मचारीहरुसँग समेत कार्यसम्पादन सम्झौता गराइएको हुन्छ । उनीहरुसँग गरिने एक वर्षे सम्झौताको के अर्थ ?

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष