जहाँ बस्यो त्यही विवादमा पर्ने दुई सह सचिव : एक मन्त्रालयमा फिर्ता,अर्काे नेपाल ट्रष्टमा

कोही कोही कर्मचारी यस्ता हुन्छन्,जहाँ र जुन कार्यालयमा बस्छन्,त्यही लफडामा पर्दछन् । जस्तो केही अघिमात्र यस्ता लफडावाज कर्मचारीको रुपमा राजेन्द्रदेव पाण्डेको नाम चर्चामा आउथ्यो अहिले उनै राजेन्द्रलाई पछि पार्दै गोगनबहादुर हमालको नाम अग्रपक्तिंमा आए ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आफ्नै गृहजिल्ला तनहुँका पाण्डेलाई सामान्यको कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाउन जोडबल गरेकी छिन् तर त्यसबारे कर्मचारी प्रेसमा खबर प्रकाशन भएसँगै उनलाई नेपाल ट्रस्टमा लगिएको छ । ती तिनै सहसचिव हुन,जो गण्डकी प्रदेशको अर्थ सचिव हुँदा आफ्नो वडामा ८ करोड र पालिकामा २० करोड बजेट छुट्टाए पछि विवादमा तानिएर जगेडामा छन्,अहिले मुख्यमन्त्री कार्यालयबाट नेपाल ट्रष्टमा लगिएको हो ।
यस अघि धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा तिव्वती नागरिकलाई नागरिकता दिने फण्डा होस वा झ्याप्ले खोलामा ३५ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा उनकै लापरवाही प्रमुख कारण देखेर गृह मन्त्रालयमा तानिएको थियो । यस अघि सिराहाको सिडिओ हुँदा तस्करी नियन्त्रण गर्न नसकेको भनेर पाण्डेलाई गृह मन्त्रालय तानिएको थियो पछि गृहमा मिलाएर उनी गृह सचिव गोकर्णमणि दुवाडीको गृह जिल्ला धादिङ्गको नेतृत्व गर्न पुगेका थिए ।

बिज्ञापन

उनै पाण्डेझैं जहाँ र जुन कार्यालयको नेतृत्व गर्दछन् त्यही लफडामा पर्ने अर्काे सहसचिव हुन गोगनबहादुर हमाल । हमाल लामो समय गृहमा बसेर कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा पुगेका थिए । उनी त्यहाँ रहँदा नै कारागारमा एक जनाको मृत्यु र ४७ जना घाइते हुने गरी दुर्घटना घट्यो । यस्मा उनै हमालहरुको कमजोरी देखिन्छ । जेलरका विरुद्ध कर्मचारीहरु आन्दोलित भएपछि उनी विदामा थिए । निमित्त हाकिम शाखा अधिकृत समेत बिदामा बसेपछि खरिदारको काँधमा थियो कारागार कार्यालय । त्यही समयमा अप्रिय घटना भएको देखिन्छ । सिडियोकै कमजोर कार्यसम्पादनका कारण त्यहाँ यस्तो घटना घटेको जानकारहरु बताउँछन् । यो बिषयमा जेलभित्र रहेका कैदीहरुले विभिन्न निकायलाई पत्राचार समेत गरेको भए पनि प्रशासनको लापरवाहीको कारण दुर्घटना हुन पुगेको जानकारहरुको टिप्पणी छ । उसो त यस अघि हमाल त्रिवि विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत हुँदा प्रहरी र कर्मचारीबीच हात हालाहाल भएको थियो । तिनै कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई अहिले सिडियो बनाउँदा यो घटना घटेको गृहका अनुभवी र पाका प्रशासकहरुको टिप्पणी छ ।

उनै हमाललाई फिर्ता बोलाइएको छ । हिजैमात्र गृहले कैलालीका हमाललाई गृहमा तानेर त्यहाँ दाङका प्रमुख जिल्ला अधिकारी रहेका कृष्ण प्रसाद लम्साललाई त्यता खटाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष