राजनीतिक दलको क्षयीकरण र यसको रोकथाम

क्षयीकरणलाई अंग्रेजीमा Erosion भनिन्छ। अंग्रेजी शब्दकोषले Political Erosion लाई यसरी परिभाषित गरेको छ-In the context of politics, erosion generally refers to the gradual weakening or undermining of democratic norms, institutions, or practices. It’s not a sudden collapse, but rather a slow, often subtle, process of decline.

बिज्ञापन

यो भनाइलाई हेर्दा नेपालको राजनीतिलाई कार्यान्वयन गर्ने राजनीतिक दलहरूमा प्रजातान्त्रिक मूल्य र मान्यतामा क्रमशः ह्रास हुदै गएको पाईन्छ। यसरी हुदै जाने ह्रासोन्मुख अवस्थाले दलहरु कमजोर हुन पुग्छन् । यसै प्रकृयालाई राजनीतिमा आएको क्षयीकरण भन्न सकिन्छ।

बिज्ञापन

नेपालमा राजनीतिक दलको ईतिहांस हेर्दा छिमेकी देश भारतमा भएको अंग्रेजी उपनिवेशको विरूद्धमा भारतमा जन्मेका राजनीतिक दलको अभिप्रेरणाबाट नेपालका राजनीतिक दलहरूको जन्म भएको पाईन्छ। नेपाल कहिल्यै पनि औपनिवेशिक रूपले पराधिन हुनु परेन तापनि राणा शासनको अधिनायकताबाट उन्मुक्ति पाउन नेपाली जनताहरुले राजनीतिक युद्ध गर्नु परेको कुरा सही हो। नेपाली जनता, राजा र छिमेकी देशको संयुक्त प्रयासले राणा शासनबाट उन्मुक्ति पाईए पनि केही समय पछि राजनीतिक विचारलाई नै प्रतिवन्ध लगाउने गरी राजनीतिक ब्यबस्था थोपरिएको सन्दर्भमा नेपालका राजनीतिक दलहरू माथि प्रतिवन्ध लगाउने काम भयो। यो स्थितिमा नेताहरू उपर धर पकड गर्ने, राजकाज मुद्दा , झुट्टा मुद्दा लगाउने जस्ता काम हुन थाले राज्य पक्षबाट । यस्तो संघर्षशील परिस्थितिबाट गुज्रनु पर्दा राजनीतिक दलहरू भूमिगत रूप मै भए पनि कृयाशील थिए र सधै धारिला थिए, आफूलाई भन्दा देश र जनताको लागि काम गर्थे। नेताहरूमा दूर दृष्टि थियो, जनताको मर्म र भावना बुझ्न सक्ने क्षमता थियो तर अहिलेका नेता,तिनीहरूको अगाडि तुलना गर्न त के नाम सम्म लिन पनि नसुहाउने किसिमका छन्।

फेरि अहिलेका राजनीतिक दलहरूको विचार दुई सय वर्ष पुरानो छ। खास भन्ने हो भने बिचारहरू सम सामयीक हुन जरूरी हुन्छ तर हाम्रा नेताले राख्ने राजनीतिक बिचार घोकन्ते विद्याको अर्को पाटो भएर गुज्रेको छ। हाम्रा राजनीतिक दलहरू पहाडका अवशेष जस्ता भएका छन्, जसरी पहाड वा चट्टानलाई समय संगै बहने हावाहुरी, झरी वर्षाद् ले खियाउदै लगेर एउटा अवशेष जस्ता भएर कमजोर र जीर्ण देखिन्छन्, ठीक त्यस्तै रूपमा यिनीहरू ठडिएर रहेका छन्। यिनीहरूले आफूलाई सम सामयीक बनाउदै लग्नु पर्नेमा आफूलाई सुधार्न सकेको पाईदैन। यहां राजनीतिक दलहरू भन्दा पनि यसको संरक्षकको रूपमा रहेका नेता भनाउदाले आफू रहेको राजनीतिक दललाई समय अनुसार परिमार्जन गर्दै लग्न नसकेको अवस्था छ।
राजनीतिको गन्तब्य विकास र समुन्नति हो, यसको माध्यम समाज सेवा हो। राजनीतिमा जन सहभागिता विना राजनीति गतिशील हुन सक्दैन तर हाम्रो राजनीति, सेवाको साटो पेशा बन्न पुग्यो। जनताको सट्टा झोलेको सहभागितामा राजनीति चल्न थाल्यो। राजनीतिले आदर्श गुमाउदै गयो, चुनावहरू परिणाम मुखी नभएर परिमाण मुखी भए, लोक तन्त्र र प्रजातन्त्र ब्यबहारमा हैन भाषणमा मात्र सीमित हुन पुगे।

बिज्ञापन

केही वर्ष यता देशका सबै राजनीति दलहरूमा आत्म विश्वास गुमेको स्थिति छ। जनता संग मत माग्न जादा आफ्नो दलको आस्था र बिचारका आधारमा जान सक्ने आंट हरायो। यो स्थितिले चुनावमा तालमेल गरेर जाने वातावरण भयो र राजनीतिक गन्तब्यलाई बिर्सेर मिलीजुली सरकार बनाउने विकृत स्थिति बन्यो। हाम्रा दलहरूमा क्षयीकरण आउनुको पछाडि सो दलका नेत्तृत्त्वको हुकूमी शैली प्रमुख कारण हो। हाम्रा पार्टीको राजनीतिक ईतिहांसमा करीव ४ दशक सम्म पार्टीको नेत्तृत्त्व हडपेर बसेको ईतिहास छ। पार्टीका हरेक शीर्षस्थले सो पार्टीलाई पोखरीको रूपमा परिणत गरेका छन्। आफू संग विमति राख्नेलाई भित्तै पुर्याउने प्रवृत्ति देखिएको छ। यो रोगबाट कुन ठूला कुन साना सबै पार्टी ग्रसित छन्। यस्ता विसंगति र विकृतिले ग्रस्त पार्टीमा क्षयीकरण नआएर के मा आउछ?

पार्टीका यस्ता विकृति नरूचाएका कारण मतदाताहरूले निकट विगतको निर्वाचनमा नयां पार्टी र उमेद्वार प्रति अभिरूची देखाए। नयां पार्टी र नयां उम्मेद्वार प्रति मतदाताहरूले यस किसिमको रूची आगामी दिनहरूमा बढ्न सक्ने देखेर होला आफूलाई गैडाको छाला जस्तो बनाएका पुराना दलका नेताले यिनीहरूलाई पनि पाखा लगाउन विभिन्न तानावाना बुनेको पाईन्छ। यिनीहरू आफू सच्चिन तयार छैनन् बरू सक्किन तयार भएको देखिएको छ।

वास्तवमा भन्नु पर्दा यो जमाना बहुदलीय प्रजातन्त्रकै जमाना हो, यसको विकल्प भनेको अझै उन्नत र विकसित बहुदलीय प्रजातन्त्र नै हो। यसको परिपूर्ति कुनै पनि साम्यवादी र अधिनायक वादी शासकबाट हुन सक्दैन। यसैले यो ब्यबस्थाको माध्यमबाट देश र जनताको हित गर्न चाहनेहरूले ब्यबस्थाको विकल्प हैन,आफ्ना नेत्तृत्त्वमा रहेर सच्चिन नचाहेका नेताको विकल्प खोज्नु पर्ने देखिन्छ र नेताको विकल्प खोजेर मात्र नभएर यिनीहरूको कार्यशैली परिवर्तन गर्ने हिम्मत समेत गर्न जरूरी देखिन्छ। यो कार्यमा यी दलमा रहेका यूवाहरूले हिम्मत नदेखाए देशको शासन ब्यबस्था विदेशी कठपुतलीको हातमा जाने दिशा तर्फ अग्रसर भएको पाईन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बदनाम सहसचिव भित्र्याउन मन्त्रीको बल

महालेखालाई भर्याङ बनाएर परराष्ट्रतिर

खरिदारको काँधमा कारागारको जिम्मेवारी,एकको मृत्यु,४७ घाइते

कर्मचारी नियुक्तिदेखि सरुवाका लागि छुट्टाछुट्टै मापदण्ड बनाउँदै सरकार

राजनीतिक दलको क्षयीकरण र यसको रोकथाम

सेटिङमा ठेक्का खाने, काम नगर्ने रसुवाका ५ ठेकदार कालोसूचीमा

आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० शाखा अधिकृतको सरुवा

‘मेरी बास्सै’मा राजु मास्टरको पुनरागमन : लेखन र निर्देशनको नयाँ जिम्मेवारीसहित घरफिर्ती

बिशेष