सरुवा हुन चाहने कर्मचारीले साउन मसान्तभित्रै आवेदन दिनुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अर्थिक बर्षमा सरुवा हुन चाहने कर्मचारीलाई श्रावण मसान्तभित्रै आवेदन पेश गर्न भनेको छ ।

बिज्ञापन

मन्त्रालयले प्रत्येक बर्ष भदौं १ देखि भदौं मसान्तसम्म कर्मचारीहरु सरुवा गरिने व्यवस्था रहेको उल्लेख गर्दै सरुवा व्यवस्थापनका लागि सरुवा हुन इच्छुक कर्मचारीहरुले साउन मसान्तभित्र आवेदन पेश गर्न सबै मन्त्रालय,आयोग,सचिवालय,निकायका निजामती कर्मचारीहरुलाई
कार्यविधि सहितको निर्देशन जारी गरेको हो ।

बिज्ञापन

मन्त्रालयको सचिव स्तरीय बैठकको निर्णय अनुसार अब सरुवाको लागि इच्छुक निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण सात दिनभित्र अद्यावधिक गरी सरुवा निवेदन पेश गर्नु पर्ने भएको छ ।

बिज्ञापन

मन्त्रालयका शाखा अधिकृत सुदिप सापकोटाको हस्ताक्षरीत परिपत्रमा भनिएको छ, निजामती सेवा ऐन, २०४९ को दफा १८ र नियमावली, २०५० को नियम ३६ अनुसार भदौ महिनाभित्र सरुवा प्रक्रिया सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस वर्षको सरुवा प्रक्रिया व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक कार्यसूची सार्वजनिक गरेको हो। सोही कार्यसूची अनुसार साउन मसान्तभित्रै कर्मचारीहरुलाई सरुवा निवेदन पेश गर्न भनिएको हो ।

सरुवा हुन इच्छुक कर्मचारीहरुले कर्मचारी मन्त्रालयको तोकेको ढाँचाको फाराम भरेर इमेल गर्नु पर्ने छ । जहाँ कर्मचारीको संकेत नम्बर,कर्मचारीको नाम,थर,सेवा समूह,श्रेणी,पद,मन्त्रालय आयोग निकायको शुरु हाजिर मिति,हाल कार्यरत निकाय लगायतका विवरण भरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा इमेल गर्न भनिएको छ ।

सरुवा हुन चाहने कर्मचारीले निजामती किताबखानामा आफ्नो पिआइएस सात दिनभित्र अनिवार्य रुपमा अद्यावद्यिक गराउनुपर्ने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

बिशेष