लोडसेडिङको तालिका सार्वजनिक गर्ने हाकिम लखेटिए

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेको छ ।

बिज्ञापन

उनलाई लोडसेडिङको तालिका सार्वजनिक गरिएको भन्दै विभागीय कारवाही स्वरुप सरुवा गरेर नवलपरासीको कावासोती वितरण केन्द्रमा सरुवा गरिएको हो ।

बिज्ञापन

श्रेष्ठले साउन १० चितवनका विभिन्न ठाउँमा ‘सिस्टम अपग्रेड’ गर्न लागिएको र विद्युत आपूर्ति रोकिने जानकारी गराउँदै एक सूचना जारी गरेका थिए । ‘लोडसेडिङ’कै झल्को दिनेगरी सूचना सार्वजनिक भएको दुई दिनपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं चनौली पुगेका थिए ।

प्राधिकरणका उपनिर्देशक हरिप्रसाद घिमिरेको हस्ताक्षर रहेको सरुवा पत्रमा श्रेष्ठलाई पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीस्थित वितरण केन्द्रमा पठाएको छ । श्रेष्ठको सरुवा कर्मचारी सेवा सर्त विनियमावली, २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड (ग) अनुसार गरिएको प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

गत साउन १२ गते चितवन आएका हितेन्द्र शाक्य समस्या भएको चनौली वितरण केन्द्र पुग्दा केन्द्र प्रमुख श्रेष्ठ जिल्लामा नै भएर पनि उपस्थित भएका थिएनन् । वितरण केन्द्रका अन्य इन्जिनियरहरुले शाक्यलाई सिस्टम अवलोकन गराएका थिए । त्यतिबेलै कार्यकारी निर्देशकको कर्के नजरमा परेका श्रेष्ठ अन्तत सरूवामा परेका हुन् ।सरुवा नियमित प्रक्रिया भए पनि श्रेष्ठको हकमा भने एमडी सन्तुष्ट नभएकै कारण यो निर्णय लिइएको त्यहाँका एक कर्मचारीले बताए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री खनालले आजदेखि मन्त्रिस्तरीय निर्णय नगर्ने : ६ महिनामा कहाँ थपियो,कता- कता काटियो दरबन्दी ?

रसुवा भन्सारमा बमको आतंक : दैनिक लाखौं असुली

यी हुन प्रशासन सेवा राजश्व समूहबाट शाखा अधिकृत बढुवाका सम्भाव्य ३२ उमेद्धार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

बिशेष